मंगलबार , चैत्र ६, २०८०

चितवन 2 मा मतगणना सुरु हुन लागेको छ केही समय पछि सार्वजनिक गर्ने बताएका छन।

र यो पनि
रवि लामिछानेले देश फर्किनेलाई एयरपोर्टमा आफैले स्वागत गर्न जाने बताएका छन्। आज चितवनको नारायणी किनारमा भैरहेको चुनावी सभामा उनले यस्तो बताएका हुन्।

हामी सरकारमा पुगेउ भने यो देश फर्केर केहि गर्न चाहनेलाई म आफै एअरपोर्टमा अवागत गर्न आउने छु उनले भने। म जस्तै देशमा केहि गर्छु भनेर आउनेलाई मलाई जस्तो गरेर जतासुकै बाट चोट होइन सम्मानका साथ् स्वागत गर्ने उनले जनाएका छन्। यसका साथै उनले विदेश जान फ्री टिकेट फ्री भिषा हैन नेपाल आउन चाहानेलाई फ्री टिकेट दिने जनाएका छन्।

खुसीको खबर ! अन्तत सत्यको जित भयो, येसरी फसाएको प्रमण्ड भेटियो !
प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बला,त्कारको आरोप लगाएकी किशोरी नाबा,लिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घट,नाबारे सोधेका थिए ।

त्यसक्रममा लामिछानेले जाहेर,वालाकै आग्रहमा भेटेको र उनी नाबा,लिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’

अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबा,लिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

यो पनि हेर्नुहोस, निर्वाचन आयोगले मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भएको भन्दै आयोगले चामल वितरण गर्दा आचारसंहिता उल्लंघन भएन भन्ने पुष्ट्याइँको आधार के छ भनी सोधेको छ ।

आयोगले बाढी पीडितलाई चामल वितरण गर्न पूर्वसहमति लिएको छ कि छैन भनेर पनि सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मार्फत जनाएका छन् । सहमति बेगर चामल वितरण गरेको भए यो कार्यक्रम नेपाल सरकरको वार्षिक कार्यक्रममभित्र समावेश छ कि छैन भनेर आयोगले जिज्ञासा राखेको छ ।

विपदको समयमा राहत वितरण गर्नैपर्ने भएमा जिल्ला प्रशासन कार्यालय मार्फत गर्न सकिने हुँदाहुँदै आफैं किन उपस्थित भएको भनेर पनि आयोगले सोधेको छ । अन्तिममा आयोगले मन्त्री चौधरीलाई किन जरिवाना नगर्ने भनेर पनि सोधेको छ ।

सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी
सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

दाङ १ मा तीन सहकर्मीको प्रतिस्पर्धा
दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेको क्षेत्रीय कमिटीले तीन जनाको नाम सिफारिस भएपछि गंगा चौधरीले शान्ता चौधरीसँगै बसेको तस्वीर राखेर सामाजिक सञ्जालमा लेखिन्, हामी दुई दिदी–बिहिनीमध्ये जसलाई पार्टीले टिकट दिएपनि हामी एक भएर जानेछौं ।’ क्षेत्रबाट गंगा र शान्तासँगै रेवतीरमण शर्माको नाम पनि सिफारिस भएको थियो ।

केन्द्रीय सदस्य गंगाले शान्ता र आफूमध्ये एकलाई मान्ने बताउनासाथ रेवतीरमण टिकटको दौडमा पछि परे । थारु समुदायको बाहुल्य क्षेत्रको लागि एमालेले शान्तालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । तर एमाले केन्द्रीय सदस्य गंगा आफ्नो बचनमा टिकिनन्, हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिइन् ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरीले उम्मेदवारी दिएका छन् । यससँगै दाङ १ मा तीन पूर्व सहकर्मीहरुको प्रतिस्पर्धा हुने भएको छ ।शान्ता र मेटमणि चौधरी पार्टीको मात्र होइन, थारु समुदायको आन्दोलनमा पनि सँगसँगै सहकार्य गरेका नेता हुन् । थरुहट तराई पार्टीबाट आएकी गंगा पनि पछिल्ला वर्षहरुमा शान्ता र मेटमणिसँगै एउटै पार्टीमा थिए ।

एमाले फुटेर एकीकृत समाजवादी बनेपछि
एमाले फुटेर एकीकृत समाजवादी बनेपछि मेटमणि त्यता लागे भने अहिले गंगाले अर्कै पार्टीबाट उम्मेदवारी दिएपछि तीन सहकर्मी तीनतिर भएका छन् र एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्दैछन् । ‘आफूले जस्तै मिहिनेत गरेर बनेका र हिजोसँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ,’ एमाले उम्मेदवार शान्ता चौधरी भन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय