शुक्रबार , बैसाख १४, २०८१

काठमाडौँ । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका खोसाखोस भएपछि केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।

यता चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबर आएपछि आफू त्यसतर्फ गइरहेको बताए ।

मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ । अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय