मंगलबार , चैत्र ६, २०८०

पृथ्वीनारायण साह को शालि भत्काउने प्रचण्ड लाई गोरखा का जनता ले लखेटे ज्यान जोगाउन हम्मे हम्मे भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भएपनि ऊक्त भिडियो आजभन्दा करिब 7 बर्ष को रहेको छ हेर्नुस्भि डियो सहित् !!

https://fb.watch/gBCEvSVdSk/

https://m.facebook.com/story.php?story_fbid=pfbid0pULgPQF2vwgGpRC1ZxdZaM85Z6bq8jFTzgWX9n2FjF7ztj3oeuXY3W638bHwZVixl&id=111737664757403

र यो पनि

यतिबेलाला यसकारण प्रचण्ड माथि आक्रमण भएको थियो

बुङल बाइसधारा

२०७१ माघ ७

प्रचण्डमाथि आक्रमण

प्रयास, सभासद्

शर्मा तथा सुरक्षागार्ड

: एमाओवादीका अध्यक्ष पुष्पकमल

दाहाल (प्रचण्ड) माथि आक्रमणको प्रयास

भएको छ। संविधानसभाको जुलुससहित प्रचण्ड

बिजुलीबजारतर्फ जाँंदै

गरेको अवस्थामा अचानक भीडबाट ढुंगा प्रहार

भएको थियो। प्रचण्डतर्फ प्रहार

गरिएको ढुंगा लागेर एमाओवादीका सभासद्

जनार्दन शर्मा र प्रचण्डका सुरक्षागार्ड मनोज

थापा घाइते भएका छन्।

एमाओवादीका सभासद् जनार्दन

शर्माको टाउकोमा चोट लागेको छ। उनलाई

नर्भिक

अस्पतालमा उपचारका लागि लगिएको थियो

ढुंगा प्रहार भएपछि प्रचण्डलाई सुरक्षाकर्मीले

गाडीमा राखेर

संविधानसभा भवनमा ल्याएका थिए।

सुरक्षाा भ्यानमै राखेर उनलाई निवास

लाजिम्पाट पुर्याइएको थियो।

छोरा प्रकाश दाहालले संविधानसभा भवन

परिसरमा संचारकर्मीसँंग भने, ‘ बुबालाई

हानेको होइन, भीडमा कसले कताबाट

हान्यो थाहा भएन।

जलुसलाई सम्बोधन गर्न जाने

क्रममा प्रचण्डका सुरक्षाकर्मीमाथि आन्दोलन

आक्रमण गरेपछि झडप भएको थियो।

त्यही अवस्थामा भीडबाट ढुंगा प्रहार

भएको थियो।

 

र यो पनि

पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा शान्तसँग बसिरहेका छन। शाहको हैसियत अहिले पूर्वराजा र एक नागरिकको मात्रै हो । न उनीसँग कुनै कार्यकारी अधिकार छ न कुनै पदीय हैसियत छ ।तर आफूलाई गणतन्त्रको पहरेदार भन्ने नेताहरुले बेलाबेला शाहलाई जिस्काउने र उचाल्ने गरी सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । बुधबार त देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाले शासन गर्ने भए चुनाव लडेर आउन भन्दै पूर्वराजा शाहलाई चुनौती नै दिए ।

 

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खाँटी गणतन्त्रवादी भन्न रुचाउछन । उनका अभिव्यक्तिहरु सुन्दा गणतन्त्रको चिन्ता कसैलाई छ भने प्रचण्डलाई नै छ भन्ने लाग्छ । त्यसैले त उनलाई गणतन्त्र उल्टिएला कि भन्ने चिन्ता छ ।

 

 

 

गत कात्तिक १५ गते उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजावादीहरुसँग मिलेर गणतन्त्र उल्टाउन लागिपरेको आरोप नै लगाए । पूर्वराजा र राजावादीसँग जोडेर प्रचण्डको अभिव्यक्ति आएको यो पहिलो पटक होइन । त्यसअघि नै प्रचण्डले निर्मलनिवासबाट हटाएर पूर्वराजालाई नागार्जुन लखेट्ने अभिव्यक्ति दिएका थिए ।

 

 

 

प्रचण्डसँग मिल्दोजुल्दो अभिव्यक्ति देशका कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिए । गणतन्त्रविरुद्ध नलाग्न सचेत गराएका प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई चेतावनी नै दिएका छन।

 

 

 

तत्कालीन समयमा प्रजातन्त्र बाहेक सबै राजालाई बुझाउन तयार रहेको भन्दा पूर्व राजाले आफूलाई जेल कोचेको देउवाको आरोप छ। जेल कोचेको सम्झेर थप आक्रोशित बनेका देउवाले पूर्वराजाप्रति दिएको अभिव्यक्ति आक्रोश मात्रै हो या साँच्चै गणतन्त्र खतरामै छ त ?

 

 

 

जानकारहरुका अनुसार राजतन्त्र फर्किन्छ भन्नेमा स्वयंम पूर्वराजा शाहलाई समेत विश्वास छैन । त्यसो भए नेताहरुले किन पटक पटक पूर्वराजाका विरुद्ध अभिव्यक्ति दिन्छन् त ? सार्वजनिक खपतका लागि मात्रै नेताहरुले बेला मौकामा गणतन्त्र, शासन व्यवस्था खतरामा रहेको बताउने गरेको विश्लेषकहरुको मत छ । कतिपय अवस्थामा पूर्वराजाप्रति नेताहरुको स्वभाविक आक्रोश पनि अभिव्यक्त हुने गरेको छ ।

 

यसो त पूर्वराजा शाहले पनि बेलाबेला विज्ञप्ति जारी गरेर नेताहरुलाई चिढाउने काम गरेको कतिपयको बुझाई छ । हालै मात्रै बडा दशैंको अवसरमा पूर्वराजाले सन्देश जारी गरेका थिए । सन्देशमा उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र नेपालका लागि सान्दर्भिक नभएको दाबी गरेका थिए ।

 

 

 

अझै पनि आफ्नो आवश्यकता देशका लागि छ भन्ने शाहको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । पूर्वराजा शाहले महत्वपूर्ण अवसरहरुमा आफ्नो तर्फबाट देशबासीका नाममा सन्देश जारी गर्दै आएका छन । मुलुकमा गणतन्त्र स्थापना भएको झण्डै डेढ दशक बढी समय भैसक्दा पनि अझै पनि गणतन्त्र धरापमा छ भन्ने जिम्मेवार नेताहरुबाट अभिव्यक्ति आउँदा देशको राजनीतिक स्थिरता र शासन व्यवस्था माथि नै प्रश्न चिन्ह खडा हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय