शुक्रबार , बैसाख १४, २०८१

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ ।

 

आज बिहीवार काठमाण्डौमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले आउँदाे चुनाव प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेकाले महत्त्वकासाथ लिन आग्रह गर्नुभएकाे हाे ।

 

उहाँले भन्नुभयो, ‘यो चुनावलाई सामान्य रुपमा नलिनुहाेला । नेपाल एकपटक फेरि निरङ्कुशता, अराजकता, प्रतिगमनतिर जाने कि ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाइँ हो ।

 

नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनुछ । अब यो राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य सर्त छ ।’

 

अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताउनु भयो । उहाँले नेताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन र आर्थिक

 

क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने बताउनु भयो । उहाँले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव पनि दाबी गर्नुभयाे ।

 

उहाँले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको पनि बताउनुभयो । उहाँले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको बचाइरहने र राजनीतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेको बताउनु भयो ।

 

गोरखाका नागरिकले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो ।

 

अध्यक्ष दाहालले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरु एकसाथ भएर काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय