नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा (माओवादी केन्‍द्र)का फौजले आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर फर्किने बताएका छन्।शनिबार रूपन्देहीस्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर मात्रै फर्किने बताएका हुन्।

 

‘अब नेकपा माओवादी केन्द्रको यो फौज यहाँबाट छुट्यो। अब यसले मंसिर ४ गते भरी भरी बाकस बोकेरमात्रै फर्किन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै यसले थकाइ मेट्छ। दुई दिन तीन दिन थकाइ मेट्छ बरू। सारा नेकपा माओवादी केन्द्रको फौज अब जाग्यो भनेर कसम खाएर अगाडि बढ्न अनुरोध गर्छुनेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनर्स्थापना गरेको भुसालले बताए।

 

‘पछिल्लो कालमा दुई-दुई पटक संसद विघटन भयो। पहिलो संसद विघटनपछि पुनर्स्थापनाको नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै हो। दोस्रो पुनर्स्थापनाको नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हो,’ उनले भने, ‘यस अर्थमा पनि यो वाम(लोकतान्त्रिक गठबन्धनको एउटा राजनीतिक औचित्य छ।’

 

एमालेले आफूलाई टिकट नदिएपछि भुसालले पार्टी त्यागेर रूपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन‍्। उनलाई सत्ता गठबन्धनले सहयोग गर्ने बताएको छ।उनले त्रिभुज चुनाव चिन्ह पाएका छन्।

 

प्रहरी सबलीकरणका प्रमुख तीन सवाल

जुन संगठनमा संरचनाको वैज्ञानिकीकरण, सेवाको विशिष्टीकरण, प्रणालीको प्रविधीकरण र वृत्ति विकासको वैधानिकीकरण गरिएको हुँदैन, त्यो आन्तरिक रूपमा सबल र सेवाभावमा उत्तरदायी बन्न सक्दैन ।

 

अपेक्षा फलको छैन सधैं कर्तव्य चिन्तन, आहुति प्राणको दिने तिमीमा अभिनन्दन ।

वीर अमर प्रहरीहरूको निर्दोष र निःस्वार्थ त्यागलाई शब्दमा अभिव्यक्त गर्न सकिन्न । प्रहरी र त्याग एकअर्काका पूरक सन्दर्भ र पर्यायवाची शब्दका रूपमा स्थापित भइसकेका छन् ।

प्रहरी दिवस (असोज ३१) लाई हरेक वर्ष फगत औपचारिक कार्यक्रमका रूपमा मात्र मनाउनुभन्दा प्रहरी सेवाको व्यवसायीकरण र संगठनात्मक सुदृढीकरणका मुद्दाको पहिचान र समाधानका उपायबारे चिन्तन

 

–मनन र आत्मसमीक्षा गर्ने पावन अवसरका रूपमा लिनुपर्छ । अनि मात्र वीर अमर प्रहरीहरूको सपना साकार गर्ने सत्प्रयास गरिएको र सहिदप्रति स्वतः श्रद्धासुमन अर्पण गरिएको ठहरिनेछ ।

 

धमिलो पानीमा माछा मार्ने सोचबाट ग्रस्त राज्य संयन्त्र र षड्यन्त्रले प्रहरी सेवाको सबलीकरण र शुद्धीकरणमा समयानुकूल परिवर्तन गर्न आवश्यक छ भन्ने मुद्दामा चासै नदेखाउने एवं

 

प्रहरी नेतृत्वले पनि राज्यको यस्तो उदासीनतालाई आफ्नो वृत्ति विकासको ‘कम्फर्ट जोन’ का रूपमा उपयोग गरिरहने प्रवृत्तिका कारण प्रहरी संगठनको बलिदान, त्याग र राज्यको स्वार्थपरक परित्यागबीचको दूरी दिनानुदिन बढ्दै गएको छ ।।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय