
एजेन्सि:
सवारी दुर्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकारको ज्यान गएको छ ।
सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृत्यु भएको हो ।
सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै बसको ठक्क र बाट स्कुटरमा सवार २६ वर्षीया पूजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा भैरहवाबाट घरतर्फ आउँदैगर्दा उनी दुर्घटनामा परेकी थिईन् ।
दुर्घटनामा परी गम्भिर घाइते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । उनको घर बुटवल चाँदबारी भएको खुलेको छ ।
ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नृत्य कलाकार गहतराज २०१५ को नारायणी डान्सिङ स्टार उपाधी बिजयता हुनुका साथै बुटवलमा नृत्य प्रशिक्षककारुपमा क्रियाशिल थिईन् ।
२६ बर्षीया पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् ।
उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेको कलाकार किशोर थापा मगरले जानकारी दिए ।
उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् ।