मंगलबार , चैत्र ६, २०८०

काठमाडौं:

प्रतिनिधि सभाकाे बिघठनसंगै बिभाजित भएकाे सत्तारूढ दल नेकपा अहिले दुइकित्ता मा छ।

प्रचण्ड माधव समूह सडक आन्दोलनमा छन् भने केपी समूह चुनाव काे तयारीमा छ।

तर यसक्रममा अहिले सडकदेखि चाैतर्फि दवाव भएपछि अदालत संसद पुर्स्थापना गर्नसक्ने बालुवाटारमा भित्री चर्चा हुन थालेकाे छ।

संसद पुनस्र्थापन भएपछि स्थिति के हुने भन्ने अझै निश्चित छैन तर संसद पुनस्र्थापन भए ओलीलाई साथ दिएका केही नेताले छाेड्ने संम्भावना देखिएकाे छ ।

स्रोत भन्छ – ‘बादल मात्र होइन विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवाली जस्ता नेताहरूले पनि ओलीलाई छोड्न सक्छन्, यदि संसद पुनःस्थापना भयो भने।’

उनीहरूले डे वानदेखि ओलीलाई गलत कदम नचाल्न आग्रह गरिरहेका थिए। संसद पुनःस्थापनापछि ओलीसँग रहेका आधा सांसदले छोड्ने अनुमान बालुवाटारले लगाइसकेको छ।

अहिले ओलीको हातमा ७० को हाराहारीमा निवर्तमान माननीयहरू छन् । संसद पुनःस्थापनापछि ३० देखि ३२ जना सांसदले ओलीलाई छोड्ने बालुवाटारकै आंकलन छ।

त्यसो भयो भने, राष्ट्रपतिमाथि पनि महाभियोगको चट्याङ सजिलै बर्सिनेछ। नेकपा बीटमा रिपोर्ट गर्ने ओलीनिकटमै रहेका पत्रकारहरूले चिया गफमा भन्ने गरेका छन्-‘ओलीको पतन विद्रूप हुने भो ।’

बादलको थप रणनीति

संसद पुनःस्थापनापछि बादलसँग तीन विकल्प रहनेछ। पहिलो ओलीसँगै टाँसिने। दोस्रो आत्मालोचनासहित प्रचण्ड-नेपाल पक्षमा आउने । तेस्रो कतै पनि नलाग्ने । अथवा पार्टी एकता हुनुपर्छ भन्दै वामदेव गौतमको लाइनमा आउने।

संसद पुनःस्थापना भएलगत्तै वा हुने थाहा भएपछि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेछन्। बादलसँग प्रचण्ड-नेपालसँग मिल्न जाने उपाय सहज हुनेछ। तर उनको राजनीतिक करियर भने ध्वस्त भइसकेको हुनेछ।

उनले अदालतले संसद पुनःस्थापना गरिदियो भने आफू सडकमै आइन्छ भन्ने सोचेर भाषण गरेका हुन्। गृहमन्त्री आफैं छन्, तेस्रो जनान्दोलनको आवश्यकता उनले अहिले परिकल्पना पनि गर्न नसक्ने कुरा हो।ज्योति न्यूजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय