बुधबार , बैसाख १९, २०८१

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिन नहुने बताएका छन्। नेकपा एकीकृत समाजवादी सुर्खेतले बुधबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

 

 

उनले भने ‘विगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्तिमाथि प्रहार भयो। र, पार्टीभित्र पटक-पटक विद्रोह भयो। क्रान्तिमा लागिसकेपछि हामीले एकछिन पनि आराम लिनुहुँदैन।

 

हामी अहिले नयाँ क्रान्तिमा आएका छौँ।’विगतलाई नबुझी वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन, जनविद्रोहवाट सम्भव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए।

 

 

 

संविधानको रक्षा गर्न, संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि आफूहरूले विद्राेह गरेकाे उनकाे भनाइ छ। अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्नेमा उनले जाेड दिए।

 

 

 

यो पनि पढ्नुहोस

 

यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

 

 

 

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

 

 

 

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

 

 

 

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

 

 

 

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब,

 

 

बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?..पुरा समाचार पढ्न यहाँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय