बुधबार , बैसाख १९, २०८१

काठमाडौं असोज २७

 

नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिन अध्यक्ष केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको आरोप लगाएका छन्।

 

 

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर आफूलाई टिकट नदिएर अछामका जनताका अपमान गरेको टिप्पणी गरेका हुन्।

 

उनले भने, ‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो।

 

तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’

 

ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको दाबी गरे। ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको उनको भनाइ छ।

 

उनले आफूले निर्वाचन नलड्ने भनेर सुनियोजित रूपमै प्रचार गरेको आरोप लगाए। पार्टीका नेताहरूसँग आफूले चुनाव लड्ने तयार गरिरहेको समेत बताए।

 

ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उनको भनाइ छ। पार्टीको काममा लागिरहेको बेलामा आफूलाई पार्टीको सम्पर्कमा नभएको भनेर प्रचार गरेको समेत गुनासो गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय