बुधबार , बैसाख १९, २०८१

नेकपा (एमाले) की नेतृ तथा पूर्व राजदूत लक्की शेर्पाले आजको दिनमा कम्युनिष्ट पार्टीको नेतृत्व लिनसक्ने पार्टी नै एमाले रहेको दाबी गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्ने क्रममा नेतृ शेर्पाले यस्तो बताएकी हुन् ।

 

उनले कम्युनिष्ट आन्दोलनलाई जनताका माँझमा लैजानसक्ने पार्टीको रुपमा एमाले अघि बढिरहेको र यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरिरहेको पनि उल्लेख गरेकी छिन् ।उनले ओलीको विचार भीजनलाई सबै पार्टी पँक्तिले हातेमालो गरेर अघि बढेको खण्डमा एमालेलार्य कसैले पनि हराउन नसक्ने दाबी गरेकी छिन् ।

 

उनले लेखेकी छिन्–‘आजको दिनमा कम्युनिष्ट पार्टीहरुको नेतृत्व लिनसक्ने पार्टी नै एमाले हो । कम्युनिष्ट आन्दोलनलाई जनताका माझमा लैजान सक्ने पार्टीका रुपमा अध्यक्ष ओलीको नेतृत्वमा एमाले अघि बढिरहेको देखिएको छ ।

 

उहाँका विचार र भिजनलाई सचिवालय, पार्टीको केन्द्रीय कमिटी, जिल्ला स्तरका नेता कार्यकर्ता सबैले हातेमालो गरेर अघि बढेको खण्डमा एमालेलाई कसैले हराउन सक्दैन ।’

 

चुनावको मुखमा प्रचण्डलाई ठूलो धक्का , दाहिने हात भाँचिएको बराबरको पीडा थपियो !

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति नजिक आउदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई ठूलो धक्का लागेको छ ।

 

मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिष्पर्धा गर्न लागका प्रचण्डलाई दाहिने हात भाँचिए बराबरको धक्का लागेको छ । प्रचण्डका चुनावी कमाण्डरनै माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

 

माओवादी केन्द्र चितवनका सह इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् । जिल्लामा उनलाई निकै प्रभावशाली नेताको रुपमा चिनिएको छ । परियार एमाले प्रवेश गरे पछि चितवनमा माओवादी केन्द्रलाई ठूलो धक्का लाग्ने विश्लेषण सुरु गरिएको छ ।

 

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

 

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

 

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

 

चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ । परियारलगायतका नेताहरुको प्रवेशलाई एमाले नेताहरुले टे«लरमात्र भन्दै चुनावअघि थप धक्का दिइने दाबी गरेका छन् ।

 

एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।

 

परियारको प्रवेशले प्रचण्डलाई ठूलो धक्का लागेको र प्रचण्डले चितवन छोडेर अन्तै निर्वाचन लड्न जान सक्ने सम्मको आकलन समेत पनि गरिएको छ ।

 

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रचण्डसँग आजित माओवादी केन्द्रको ठूलो तप्का अब एमालेमा जोडिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय