बुधबार , बैसाख १९, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । उपमहासचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले खरानी बन्न सक्ने बताएका हुन ।

 

अध्यक्ष ओलीमा बिकसित भएको अहंकार, दम्भ र ब्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बिघट भएको उनको भनाई छ ।

 

‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’ उपमहासचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’

 

अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढलेको उपमहासचिब गुरुङको भनाई छ । ‘एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो । त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’

 

यो पनि पढ्नुहोस

संसदीय निर्वाचनमा सबैभन्दा ठूलो दल को बन्ला: जोगाउला त एमालेले २०७४ सालको विरासत ?

 

काठमाडौं । स्थानीय तहको निर्वाचन पछि अब प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको निर्वाचन हुँदैछ ।अहिले चर्चामा आएको बाम गठबन्धन नभए आगामी चुनाव पनि गठबन्धन भर्सेस एमाले नै हुने देखिएको छ । परिणाम आकलनको प्रमुख आधार २०७४ को स्थानीय तह निर्वाचन हो, जसले गठबन्धनको अवस्था बलियो देखाउँछ ।

 

२०७४ सालमा पहिलो पार्टी बनेको एमालेले यो निर्वाचनमा आफ्नो पुरानो विरासत जोगाउला की नजोगाउला अर्को प्रश्न खडा भएको छ । ५ वर्षअघि र अहिलेको राजनीतिक परिस्थितिमा परिवर्तन आएपनि त्यतिबेलाको मतपरिणाम र राजनीतिक दलहरुले आर्जन गरेको शक्तिका आधारमा आगामी अवस्थाको केहि हदसम्मको मुल्याङ्कन गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय