मंगलबार , चैत्र ६, २०८०

प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बला,त्कारको आरोप लगाएकी किशोरी नाबा,लिग नभएको दाबी गरेका छन् ।

 

२० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घट,नाबारे सोधेका थिए ।

 

त्यसक्रममा लामिछानेले जाहेर,वालाकै आग्रहमा भेटेको र उनी नाबा,लिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’

 

अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबा,लिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

 

अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

 

र यो पनि

काठमाण्डाै – निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–५ मा नेकपा एमालेका वासुदेव घिमिरेको उम्मेदवारीलाई आधिकारिता दिएको छ ।

 

हिजो आइतवार रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरे र खिमलाल भट्टराईले आफूलाई आधिकारिक भन्दै उम्मेदवारी दिएका थिए । भट्टराईले त राष्ट्रिय सभा सदस्य पदबाटै राजीनामा दिएर उम्मेदवारी दिनुभएको थियो ।

 

तर एउटै पार्टीको उम्मेदवारी परेमा पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्टरूपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो ।सुरुमा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाएर टिकट दिएको थियो, घिमिरेले दिउँसाे ३ बजे नै उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर पछि पार्टीले निर्णय बदलेको भन्दै खिमलाल भट्टराईले पनि पार्टीले सच्चाएको कागजातसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिनुभयो ।

 

निर्वाचन अधिकृतको कार्यालयले भने प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०७८ को दफा १९ बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख गर्दै घिमिरेलाई आधिकारिकता दिएको हो ।

 

अब खिमलाल भट्टराईसँग न राष्ट्रिय सभा सदस्य पद रहेको छ, न त उहाँले प्रतिनिधि सभाका लागि उम्मेदवारी नै दिन पाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय