शुक्रबार , बैसाख १४, २०८१

पटक पटक बिभिन्न नेताहरुबाट पुर्व राजा ज्ञानेन्द्र शाह बिरुद्ध खनिएको देखिन्छ जब देशमा केही आईपर्छ तब ज्ञानेन्द्र शाह बोल्न थाल्छन केही गणतन्त्र बादि हरु ज्ञानेन्द्र बिरुद्ध उत्रिन थाल्छन।

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्।

 

धरै नेताको गाली गलौज गर्दै जथाभाबी बोल्दै गर्दा ज्ञानेन्द्र शाह ले अव पुन राजतन्त्र फर्कनु पर्छ भन्ने बिचार बहस गरेको छन।

 

तत्काल को सरकार हेर्दा र गणतन्त्र ले जनतालाई धेरै नै दुखी तुल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्

 

देसमा काटमार बलात्कार चोरी डकैती नेता नेतामा द्वन्द भन्दै कसरी नेपाल र नेपालीले सुख शान्ति समृद्धीको को आवाज पाउने भन्दै उनले बर्तमान स्थिती जनीतिक लाई ब्यङ्ग्य जस्ता आरोप पनि लगाए।

 

देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए।

 

 

उनले राजतन्त्र अन्त्यपछि पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन्।

 

 

जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहको विश्वास छ।

 

यो  पनि पढ्नुहोस्

 

काठमाडौँ

 

 

राजनेता भन्नाले कुन नेतालाई चिन्नुहुन्छ?

 

नेपाली राजनीतिको कुरा गर्दा धेरैजसोले नेताहरूलाई नै भ्रष्ट भएको, जनताको मत बिर्सिएको, कृपावाद र नातावादमा फसेको, जनता र कर्मचारी सबै क्षेत्रलाई राजनीतिको बिउ रोपेकोजस्ता आरोपहरू लगाउने गरिन्छ । हुन त जनता नै दोषी हुन् भन्ने विज्ञहरू पनि धेरै नै पाइन्छ ।

 

जनता जस्ता छ्न्, उनीहरूले पाउने नेताहरू पनि उस्तै हुन् भन्ने पनि गरिन्छ । खैर, दोष जसको भए पनि नेपालले समृद्धि र विकासको बाटो भने लिन नसकेको कुरा कसैले पनि नकार्न मिल्दैन । जनता या नेता जसको दोष भए पनि देशमा सुशासन, रोजगारी, सामाजिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी भने नभएकै हो ।

 

 

कैयौँ पढेलेखेका र सीप हासिल गरेका दक्ष जनशक्ति देशमा रोजगारी हुँदो हो त बाहिर अरुको देशमा पसिना झार्न जाने पक्कै थिएनन् । गए पनि देशको आर्थिक अवस्था राम्रो भइदिएको भए फेरि बसाइँ सरेका भए पनि ती नेपालीहरूलाई अहिले झैँ पलायन भएको मानिने थिएन ।

 

समृद्ध राष्ट्रमा केही बाहिर सर्दैमा देशलाई दक्ष जनशक्तिको आवश्यकता नै कम पर्थ्यो । नभए इतिहासलाई पल्टाएर हेर्ने हो भने कैयौँ शक्तिशाली र सम्पन्न राष्ट्रहरूमा पनि मानिसहरू कि स्वतन्त्रता प्रयोग गर्न, कि त फरक वातावरण या संस्कृति अपनाउन या त फरक अवसर प्राप्त गर्न बसाइँ सरिरहन्छ्न् । नेपालको भने मुख्यगरी भ्रष्टाचार र आयातमा निर्भर भएर बाँच्नुले आर्थिक सुधार या क्रान्ति हुन सकेन ।

 

त्यसो त केही भएको छैन भन्न पनि गलत हुन्छ । हरेक युद्धकालीन समय र युगमा केही न केही परिवर्तनहरू आए र गरिए पनि । तर, पूर्ण समृद्धि र विकास भने हुन सकेन । पत्रकार तथा लेखक बसन्त बस्नेतले एउटा कार्यक्रममा ‘हामीले परिवर्तन त पायौँ तर अलिकति’, ‘अ लिटिलबिट प्रेग्नेन्ट’ भनेजस्तै ।

 

कुरा भएको ठ्याक्कै त्यही नै भयो । राजतन्त्र, प्रजातन्त्र, बहुदलीय प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र आदि त आए तर पूर्ण आर्थिक क्रान्ति हुन सकेन जसका कारण गरिब, असहाय र विभिन्न भाषा संस्कृति भएका मानिसहरूको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आधारभूत आवश्यकताहरू राज्यले पूरा गरोस् । देशलाई आवश्यक वस्तुहरूमा पूर्ण आत्मनिर्भर बन्न सक्थ्यो र कति कुराहरू निर्यात गर्न सक्थ्यो तर त्यसो हुन सकेन ।

 

जनताको त दोष ठूलो छ, किनभने दशकौँसम्म एउटै नेतालाई पटकपटक जिताएर फेरि त्यही कुर्सीमा पुर्‍याउने काम जनताले गरिरहेका हुन्छन् । सामान्यतया धेरै विकसित राष्ट्रहरूमा राजनीतिज्ञहरूले झुटो बोल्ने या गल्ती गर्ने सानो अवसर पनि दिइएको हुँदैन । यथार्थ र प्रमाणित भएका कुराभन्दा बाहिर सामान्यतया बोल्न पनि मन्त्री या सांसदहरूलाई गाह्रो हुने गर्छ ।

 

चुनाव नजिकिँदै छ, अब फेरि त्यही पुरानै नेताहरूलाई फूलमाला लगाएर ५ वर्ष मौनधारण गरेर बस्ने कि नैतिकता, जिम्मेवारी, इमान र दक्षता भएका व्यक्तिहरू रोजेर राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउने भन्ने प्रश्न खडा भएको छ ।

 

मेरो विश्लेषणमा स्वीडेन चलाउने राजनीतिज्ञमा मुख्यतः इमान, ज्ञान र नैतिकता तीनवटा पक्षले देश र जनताको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको देखिएकाले तपाईंहरू सबैले निर्वाचन हुनुअघि गहिरिएर नसोचे फेरि वर्षौंसम्म चल्नुपर्ने रेलमा ब्रेक लाग्ने निश्चित छ । त्यसैले हतासमा होइन, सोचेर एक नैतिकवान्, क्षमतावान् र इमानदार नेतालाई चुनौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय