काठमाडाैं असोज ८

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाेकतन्त्रकाे रक्षाका लागि बलिदान दिन आफू तयार रहेकाे बताउनुभएकाे छ ।

 

पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघकाे प्रचार भेलालाई शुक्रबार काठमाडाैंमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले ५० वर्ष अगाडिकाे वैंश निकालेर अधिनायकवाद विरुद्ध लड्न तयार रहेकाे बताउनुभयाे ।

 

गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै उहाँले देश, जनता, राष्ट्र, राष्ट्रियता र लाेकतन्त्रका लागि अहिले पनि आफूभित्र २०-२२ वर्षे जाेश,जाँगर र संकल्प रहेकाे बताउनुभयाे ।

 

एकपटक आफूले मेराे जुँगा कालै छ युवै छु भनेर भन्दा त्यसलाई लिएर २-४ महिना अनेक टिकाटिप्पणी भएका बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘मेरा जुँगा अझै कालै छन्,

 

मैले कालाे घसेकाे हाेइन भन्दा काेही काेही आत्तिए, मैले जुँगा कालाे छ भन्दा २-४ महिना त्यही जुँगाका पछाडि कुँदे, म आजपनि भन्छु- लाेकतन्त्रकाे रक्षाका लागि, अधिनायकवादका विरुद्ध लड्नका लागि म ५० वर्ष अघिजस्तै छु, आवश्यक पर्‍याे भने ५० वर्ष अगाडिकाे वैंश निकालेर अधिनायकवाद विरुद्ध लड्न म अहिलेपनि तयार छु, ५० वर्ष अघिकै जाेश जाँगर मसँग छ, मेराे पार्टीसँग छ ।’

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा सरकारले खोसेको भन्दै अध्यक्ष ओलीले त्याे काम अधिनायकवादकाे पराकाष्ट भएकाे बताउनुभयाे ।

 

आफूले कसैको पक्ष नलिएको भन्दै उहाँले गठबन्धन सरकारले गरेका गैरकानुनी र अधिनायवादी कामको विरोध गरेको स्पष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे – ‘सर्वाेच्च अदालतका प्रधानन्यायाधीकाे सिटिङ चिफ जस्तै छ,सेक्युरिटी खाेस्छ,

 

उसकाे घर घेर्छ,कस्ताे हुलिया राज हाे ? डेमाेक्रेसी यस्ताे हाे ? कुन कानुनले कुन फैसलाले निस्कासन गर्‍याे त्याे हुनुपर्‍याे,मैले व्यक्तिकाे समर्थन वा विराेध गरेकाे हाेइन,तर प्रश्न के हाे भने अभियुक्त हाे भनेपनि कानुनअनुसार कारबाही हुन्छ ।’

 

विगतमा तानाशाही शासन आफूले जेलनेल,हतकडीसहित विभिन्न समस्या भाेग्नुपरेकाे स्मरण गर्दै अध्यक्ष ओलीले लाेकतन्त्रमा त्यस्ताे हुनु गलत भएकाे बताउनुभयाे । ठूलो बलिदानी र संघर्षपछि ल्याएको लोकतन्त्र १-२ जनाको लहडको विषय हुन नसक्ने उहाँले बताउनुभयाे ।

 

अध्यक्ष ओलीले भन्नुभयाे – ‘१-२ जनालाई लहड चल्यो भने लाेकतान्त्रिक अभ्यास मिचेर कानुन ताेडेर चल्न पाइन्छ ? उनीहरूका यस्ता क्रियाकलाप विरुद्ध हामी नबोल्ने हो भने को बोल्छ ?

 

त्यसकारण मैले भनेकाे कडा प्रहार जरुरी छ,अलाेकतान्त्रिक, अधिनायकवादी, तानाशाही व्यवहार र गैरजिम्मेवारपन सरकारले देखाउँछ भने, वा सत्तापक्षीय दम्भ अंहकार देखाउँछ वा गठबन्धनको धम्की देखाउँछ भने त्यसका विरुद्ध हामी जहिलेसुकै पनि लड्न तयार हुनुपर्छ ।’

त्यसकारण मैले भनेकाे कडा प्रहार जरुरी छ,अलाेकतान्त्रिक, अधिनायकवादी, तानाशाही व्यवहार र गैरजिम्मेवारपन सरकारले देखाउँछ भने, वा सत्तापक्षीय दम्भ अंहकार देखाउँछ वा गठबन्धनको धम्की देखाउँछ भने त्यसका विरुद्ध हामी जहिलेसुकै पनि लड्न तयार हुनुपर्छ ।’

 

आफू रहरले जेल नबसेकाे स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘हामी अधिनायकवाद र तानाशाहीका विरुद्ध जेलनेल र यातना सहेर आएका हाैं,हामी रहरले जेल बसेका हाेइनाैं,अधिनायकवाद समाप्त पार्नका लागि जेल बसेका हाैं,अर्काे अधिनायकवाद ल्याउँछाैं भन्ने कसैले नसाेचे हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय