काठमाडौं असोज ७

 

राष्ट्रपति विद्या भण्डारीको पक्ष र विपक्षमा नेपाली जनमत विभाजित भइरहेका बेला वरिष्ठ सर्जक तथा जनवादी गायक रामेश श्रेष्ठले राष्ट्रपतिले वीर नेपाली छोरीको परिचय दिएको टिप्पणी गरेका छन् ।

 

 

‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबका चमेली बोल्दिने कोही छैन’ जस्ता चर्चित र लोकप्रिय जनवादी गीतका सर्जक रामेशले फेसबुकमार्फत राष्ट्रपति भण्डारीलाई नेपाल आमाको योग्यतम सुपुत्री भनेका हुन् ।

 

रामेशले भनेका छन्– राष्ट्रपति नेपाली माटोमा, नेपाली आमाको कोखमा जन्मेकी सुपुत्री पायौं । नेपालको इतिहासमा उच्च गुन लगाउनुभयो । धन्यवाद । राष्ट्रघातीहरूसँग निर्भिकताकासाथ सामना गरी वीर नेपाली छोरीको परिचय संसारलाई दिनुहोला । संसारभर रहेका नेपालीहरूको साथ तपाईँलाई छ । कत्ति पनि विचलित नहुनु होला ।

 

५० वर्षअघि राल्फा सांस्कृतिक क्रान्तिमार्फत जनवादी गायनमा स्थापित भएका वामपन्थी सर्जक रामेश कुनै पनि कम्युनिस्ट पार्टीमा भने आबद्ध छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय