काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयकमा प्रमाणिकरण नगर्ने निर्णय अत्यन्तै सही रहेको बताएका छन् । मेयर बालेनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो निश्कर्ष सुनाउँदै भनेका छन्, ‘राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने छन ।’

 

मेयर बालेनले राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने समेत बताएका छन् ।

 

राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएको नागरिकता बिद्येयकलाई गठबन्धनले जस्ताको तस्तै पुनः राष्ट्रपति समक्ष पठाएपछि राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गर्नुभएको छ । चुनाव घोषणा भइसकेपछि विधेयक ल्याउनु नै गलत – नीलाम्बर आचार्य पूर्व कानून मन्त्री नीलाम्बर आचार्यले नागरिकता विधेयक विवादलाई निरपेक्षतामा हेर्न नहुने बताउनुभएको छ ।

 

​​​​​​​राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयकबारे पूर्वमन्त्री निलाम्बरआचार्यको धारणा उहाँकै शब्दमाः राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्। झट्ट हेर्दा विधेयक प्रमाणीकरण हुनै पर्दथ्यो भन्ने देखिन्छ ।

 

तर, म यसलाई एकतर्फी रुपमा मात्रै हेर्नुहुँदैन भन्छु। यो विषयलाई सापेक्षतामा हेर्नुपर्छ। नागरिकताको विषय धेरै गहन र संवेदनशील छ ।

 

राष्ट्रपतिले यो विषयमा जोखिम उठाएको देखिन्छ। पहिलो पटक संसद्ले पठाएको विधेयक माथिको १५ बुँदे सन्देशलाई संसद्ले वेवास्ता गरेको सन्दर्भ बिर्सन मिल्दैन । यो विषयमा चर्चा गरिरहँदाप्रदेश सभा र प्रतिनिधि सभाको चुनाव घोषणा भइसकेको सन्दर्भलाई पनि हामीले बिर्सन मिल्दैन ।

 

४ मंसीरका लागि चुनाव घोषणा भइसकेपछि संसद्ले दीर्घकालीन महत्त्वका निर्णय गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न महत्त्वपूर्ण छ ।

 

म्याद गुज्रिन लागेको निकायको निर्णयलाई कसरी लिने भन्ने प्रश्न पनि छ । यो विवादको दीर्घकालिन समाधानका लागि नयाँ जनादेश सहितको संसद्लाई पर्खनु सबैभन्दा उत्तम विकल्प हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय