एक साता अघि काठमाडौंको बुढानीलकण्ठस्थित एक विद्यालयको कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ।’

 

महामन्त्री थापाले परीक्षामा फेल भइन्छ कि भन्ने सोच राखेर अध्ययन गर्दा सफल भइने सुझाव दिने क्रममा उक्त धारणा राखेका थिए । तर कतिपयले थापाको उक्त अभिव्यक्तिलाई आसन्न निर्वाचनसँग जोडेर टिप्पणीसमेत गरे । बुढानिलकण्ठ नेता थापाको निर्वाचन क्षेत्रभित्रै पर्छ ।

 

काठमाडौं–४ बाट तेस्रो पटक चुनावी मैदानमा उत्रिएर जितको श्रृंखलालाई निरन्तरता दिने रणनीतिमा छन्, कांग्रेस महामन्त्री थापा । २०६४ मा समानुपातिकतर्फ सांसद बनेका थापा २०७० र २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । दुबै निर्वाचनमा उनी फराकिलो मतान्तरले विजयी भएका हुन् । बामगठबन्धन एक ठाउँमा हुँदा पनि उनले अघिल्लो निर्वाचनमा एमालेका डा. राजन भट्टराईलाई तीन हजार बढि मतले पराजित गरेका थिए । उनी आसन्न निर्वाचन जितेर ह्याट्रिकको पर्खाईमा छन् ।

 

स्थानीय तहको परिणाम हेर्दा कांग्रेसको पक्षमा नतिजा नदेखिएपनि कांग्रेस महामन्त्री थापाको व्यक्तित्व नै उनी चुनाव जित्ने बलियो आधार हो । स्थानीय तहको मतपरिणाममा एमाले अगाडि छ । जसका कारण पनि नेता थापाले असफल भइन्छ कि भन्ने सोच राखेर बढि मेहनत गर्नुपर्ने आत्मबोध गरेका पनि हुनसक्छन् ।

 

स्थानीय तहमा एमाले पहिलो स्थानमा रहेको काठमाडौं–४ मा महामन्त्री थापा व्यक्तिगत मत पाउनेमा निश्चिन्त छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० छन् भने बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पनि यसै निर्वाचनक्षेत्रमा पर्छन् ।

 

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारतर्फ एमालेले १४ हजार ६५० मत पाएका थिए भने कांग्रेसले १२ हजार ६०२ मत पाएको थियो ।

 

कांग्रेसबाट महामन्त्री थापाको एकल सिफारिस भएको छ भने प्रमुख प्रतिस्पर्धी दल एमालेबाट डा राजन भट्टराई र निर्मल कुईकेल सिफारिस भएका छन् । तर एमालेले भट्टराईलाई नै अगाडि बढाउने चर्चा छ । स्थानीय तह मतपरिणाम अनुसार एमाले अगाडि देखिएपनि कांग्रेस महामन्त्री थापाका पक्षमा अन्तिम परिणाम आउने राजनीतिक विश्लेषकहरु बताउने गर्छन् ।

 

एकातिर हालै सम्पन्न पार्टीको महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित थापाको राजनीतिक कद उचो भएको छ भने संसददेखि सडकसम्मको उनको प्रभावशाली उपस्थिति जगजाहेर छ । सदनमा प्रतिपक्षी हुँदा वा सत्तापक्ष हुँदा सधैं जनताका मुद्धाहरुलाई सुनिने गरी उठाउने थोरै नेतामध्ये अग्रपंक्तिमा आउने नाम हो, गगन थापा । थापाले पछिल्ला पाँच वर्ष निरन्तर निर्वाचन क्षेत्र केन्द्रीत गतिविधि गर्दै आएका छन् । आफ्ना मतदातासँगको सिधा सम्बन्धमा उनले कँहि पनि कमी हुन नदिएको स्थानीय नै बताउँछन् । कोरोना संकटमा घरघरमा मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेका थापाले विकासका कार्यक्रमसँगसँगै निर्वाचन क्षेत्रमा जनचेतनामूलक विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन् ।

 

महामन्त्री थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रचार गरेका कारण पनि उनले मत पाउने कतिपयको विश्लेषण छ । थापाले काठमाडौंको फोहोर व्यवस्थापन, सार्वजनिक सवारी साधनलाई सहज बनाउनका साथै शहरी स्वास्थ्य सेवाको प्रणाली सुधारका लागि निरन्तर सक्रियता देखाउँदै आएका छन् ।

 

काठमाडौंसहित देशका विभिन्न निर्वाचन क्षेत्रमा चर्चित अनुहारले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका बेला थापा आफ्नो क्षेत्रमा त्यसलाई रोक्न सफल भएका छन् ।

 

स्वतन्त्र मतदाताको मत लिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग महामन्त्री थापा संवादमा छन् । निर्वाचनमा स्वतन्त्रको सहानुभूति पनि थापातिरै ढल्किने अनुमान गर्न सकिन्छ ।

 

कांग्रेसभित्र निर्वाचनमा सधैं हुने अन्तर्घात यसपटक काठमाडौंमा देखिने कतिपयले बताउने गरेका छन् । १४ औं महाधिवेशनमा वडा, क्षेत्र, जिल्ला हुँदैकाठमाडौंसहित देशका विभिन्न निर्वाचन क्षेत्रमा चर्चित अनुहारले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका बेला थापा आफ्नो क्षेत्रमा त्यसलाई रोक्न सफल भएका छन् ।

 

स्वतन्त्र मतदाताको मत लिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग महामन्त्री थापा संवादमा छन् । निर्वाचनमा स्वतन्त्रको सहानुभूति पनि थापातिरै ढल्किने अनुमान गर्न सकिन्छ ।

 

कांग्रेसभित्र निर्वाचनमा सधैं हुने अन्तर्घात यसपटक काठमाडौंमा देखिने कतिपयले बताउने गरेका छन् । १४ औं महाधिवेशनमा वडा, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशनसम्म एकै समूहमा रहेका प्रकाशमान सिंह र थापा केन्द्रीय महाधिवेशनमा विभाजित भएका थिए ।

 

काठमाडौं महानगरको निर्वाचनमा थापा समूहबाट सहयोग नभएको चाक्सीबारीको बुझाई छ । अन्तर्घातको डर दुबैलाई उत्तिकै छ तर अन्तर्घात हुँदा दुबै पराजय हुने सम्भावना उत्तिकै रहेकाले एकले अर्कालाई ‘देखिने गरी’ सहयोग गर्नुपर्ने बाध्यतामा थापा र सिंह रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय