नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङाल भएर खनिन निर्देशन दिएका छन् ।

 

शुक्रबार युवा संघको कार्यक्रममा ओलीले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिँ अरिङाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ ।’

 

यसअघि आफूले अरिङ्गाल झैं प्रतिकार गर्नु भन्दा अरिङ्गाल लगाउने भनेर कुप्रचार गरिएको भन्दै ओलीले भने, ‘हो हामीमाथिको आक्रमणविरुद्ध अरिङ्गाल नै लगाउने हो ।’

 

उनले पछिल्लो प्रविधिको प्रयोग गर्न र जिउँदो युवा बन्न युवा संघलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय