नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र सबै सिट अरुले लिएर उब्रिएको दिने कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन्।

 

पार्टी निकट युवा संघको आयोजनामा हुन लागेको मेची–काली जागरण अभियानका लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कम नआँक्न चेतावनी दिए।

 

‘अहिले हामी पाँचदलीय गठबन्धनको माध्यमबाट चुनावमा जाने तयारी गरिरहेका छौं।’ गठबन्धन घटक दलप्रति लक्षित गर्दै नेपालले भने, ‘तर हामी प्रष्ट पार्न चाहन्छौं, गठबन्धनमा सबै सिट आफूले लिने अनि उब्रिएको हामीलाई दिने कुरा कदापी मान्न सकिँदैन।’

 

पार्टीलाई फाइदा नभए गठबन्धनमा बसिरहनु आवश्यक नभएको उनको तर्क छ ।‘गठबन्धन भनेको दुवै पक्षलाई फाइदा हुने कुरा हो। फाइदा हुन्छ भने, गठबन्धन हुन्छ’ उनले भने, ‘फाइदा हुँदैन भने कसैका निम्ति भर्‍याङ मात्रै बन्न सक्दैनौँ।’

 

अहिले गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य भइरहेको छ।गठबन्धन नभए पनि देशभरका पार्टीका नेता कार्यकर्ता एक्लै जान तयार रहेको भन्दै नेपालले आफूहरु गठबन्धन भित्रका दलसँग पनि छुट्टै छलफलमा रहेको बताए।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा धेरै सिट आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन ।’

 

दुबै पक्षलाई फाइदा हुने हो भने मात्र गठबन्धन हुन सक्ने भन्दै उनले फाइदा नहुने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताए । ‘फाइदा हुने हो भने गठबन्धन हुने हो, फाइदा हुँदैन भने बलिदान हुन सक्दैन’ उनले भने ।

 

नेता नेपालले दलहरुमा नेता व्यवस्थापन गर्न कठिन भए पनि अप्ठेरोमा साथ दिएको कुरा विर्सन र आफूहरुको भूमिकाको अवमूल्यन गर्न नहुने बताए । यद्यपि सत्तारुढ गठबन्धनमा कुरा मिल्ने र सिट बाँडफाँट छिटो टुंग्याउने उनले आश्वासन दिए ।

 

अध्यक्ष नेपालले नेता कार्यकर्तालाई गाउँ जान र भोट माग्न आग्रह गरे । ‘काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुस् जिल्लामा जानुस् निर्वाचन क्षेत्रमा जानुस्’ उनले भने ।स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा धेरै ठाउँमा आफ्नो उम्मेदवार नै नभएका कारण धेरै मत नआएर पार्टीलाई घाटा लागेको अध्यक्ष नेपालले बताए ।

 

नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा फर्किएका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीलेअध्यक्ष माधव नेपालप्रति कडा टिप्पणी गरेका छन्।एमाले कञ्चनपुरलेबुधबार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै शाहीले एमालेको कुनै कमिटीमा नबस्ने घोषणा पनि गरेका छन्।

 

‘म पार्टीको सदस्य समेत बस्दिनँ, बाहिरै बसेर सहयोग गर्न तयार छु, कुनै पनि कमिटीमा बस्दिनँ,’ उनले भने, ‘साथीहरुलाई एमाले फर्काउने अभियानमा लाग्नेछु। कांग्रेस र माओवादी हराउने अभियानमा सक्रिय हुनेछु।’

 

एकीकृत समाजवादी माग्ने भाडो भएको उनले बताए।‘माधव नेपालजीले पार्टीलाई माग्ने भाडो बनाउनुभयो, उहाँले शेरबहादुर देउवासँग माग्ने भाडो बनाए,’ उनले भने, ‘जुन उद्देश्यकासाथ पार्टी बन्यो, त्यो गर्न सकेन, पार्टी बनाउनु भन्ने नेताहरुका लागि त्यहाँ ठाउँ रहेनछ।’

 

अवसरका लागि एमालेमा नफर्किएको उनले बताए।‘१४ वर्षको उमेरदेखि राजनीतिमा लागेँ, ३४ वर्ष भयो, अहिलेसम्म वडा अध्यक्षसमेत भएको छैन,’ उनले भने, ‘एमालेमा फर्किनुस् भन्दा अवसरका लागि भनियो। हामी अवसरका लागि एमालेमा फर्किएका होइनौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय