काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर टुकुचा उत्खनन अभियान नरोकिने संकेत गरेका छन्। मेयर बालेन्द्र शाहले सामाजिक संजाल मार्फत टुकुचा उत्खनन नरोकिने संकेत गरेका हुन्।

 

टुकुचा ‘खोला’ उत्खननमा जोडतोडका साथ लागेका काठमाडौंका मेयर बालेन्द्र शाहले यस विषयमा कविता लेखेका छन्। उच्च अदालत (पाटन) ले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरेका बेला मेयर शाहले भने सामाजिक सञ्जालमा टुकुचाको निरन्तरताबारे कविता लेखेका हुन्।

 

यस विषयमा उनले कविता नै लेखेका छन्। उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरेका पछि उनले कविता लेख्दै टुकुचा उत्खननको अभियान नरोकिने संकेत गरेका हुन्।ऊ हराएको छैन ऊ बगिरहन्छ तिम्रो सास रहेसम्म तिम्रो आस रहेसम्म तिम्रो अर्थी सेलाइन्जेल हाम्रो लास बहेसम्म निरन्तर, निर्विरोध, निर्दोष यो धर्ती, आकाश रहेसम्म ।

 

एकैदिन २२ पत्रको ओइरो

 

टुकुचामाथि कानुनसम्मत निर्माण भएका भवन र १ सय ३० वर्ष इतिहास बोकेको टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगपालिकाविरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ती पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ ।

 

कामपाका प्रवक्ता नवीन मानन्धरले नेपाल समाचारपत्रको जिज्ञासामा एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरेका थिए । अदालतका कर्मचारीले कामपा महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् ।

 

यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । मेयर बालेन्द्र साहको सचिवालयमा पुगेका पत्र फरकफरक प्रकृतिका छन् ।

 

१ सय ३० वर्षअघि राणा प्रधानमन्त्री वीर शम्शेरले बाटोमा आवातजावत गर्न भन्दै उक्त क्षेत्रको बाटोमा बग्ने टुकुचालाई छोपेका थिए । मेयर साहले अदालतको आदेश आएपनि टुकुचा खोल्ने काम जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय