काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् ।

 

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले यसअघि काठमाडौं–५ वा २ मध्ये एक क्षेत्रबबाट चुनाव लड्ने योजना बनाएका थिए । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र हो ।

 

सो सम्बन्धमा लामिछानेले पूरा जानकारी भने दिएका छैनन्। लामिछाने निकट श्रोतका अनुसार लामिछानेले माधव नेपालको क्षेत्रमा धावा बोल्न सक्ने उच्च स्मभावाना रहेको छ।

 

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ मा जितेका माधव नेपाल यो पटक एमालेमा छैनन् ।

 

नेता नेपाल ५ वर्षको अवधिमा एमालेमा नभएका मात्रै होइनन्, २०७४ को पार्टी र त्यसबेलाको समीकरणभन्दा भिन्न समीकरणबाट चुनावी प्रतिस्पर्धामा सामेल हुँदैछन् ।

 

एमालेमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालको क्षेत्र भनेर चिनिएको काठमाडौं २ यो पटक छाडेर गृहजिल्ला रौतहट जाने तयारी गरिरहेका छन् ।

 

 

उक्त स्थानमा माधव नेपाल पछि हट्ने संकेत गरेसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दावी गर्न पुगेका हुन् ।

 

सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेका बेला सुरुमा नेकपा एकीकृत समाजवादीले दावी गरेको यो निर्वाचन क्षेत्रमा सहमति जुटाउन भन्दै गठबन्धनका शीर्ष नेताको छलफलमै अध्यक्ष नेपालले काठमाडाैं २ बाट ‘वाकओभर’ हुन तयार भएका हुन् ।

 

बालुवाटारमा भएको पछिल्लो छलफलअनुसार अध्यक्ष नेपालले काठमाडाैं २ छाड्नुपरे काठमाडौं जिल्लाका १० मध्ये २ निर्वाचन क्षेत्र नछोड्ने अडान राखेका छन् ।

 

‘शीर्ष तहको पछिल्लो छलफलमा काठमाडौं २ मा एकीकृत समाजवादीले गरेको पुरानो दावी छाडेको छ’, सिट बाँडफाँट गर्न गठित ५ दलीय गठबन्धनको कार्यदलका एक सदस्यले रातोपाटीसँग भने, ‘माधव नेपालले काठमाडाैं २ छाडेपछि माओवादीले दावी गर्न पुगेको छ ।’

 

ति नेताका अनुसार एकीकृत समाजवादीले काठमाडौं २ छोड्दा त्यसको सट्टा ९ पाउनुपर्ने प्रस्ताव गरेको छ । यसो हुँदा यसअघि जीवनराम श्रेष्ठले

 

जितेको काठमाडाैं ८ र २ को साटो ९ पाउनुपर्ने दावी गर्नु स्वभाविक भएको एकीकृत समाजवादीका एक नेताको भनाइ छ । काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ९ मा यसअघि एमालेकै कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय