काठमाडौं असोज ७

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको र माओवादीमा फर्कने हल्ला झूटो भएको बताउनु भएको छ ।

 

सचिव रायमाझीले सामाजिक सञ्जाल फेसबुक मार्फत् एक प्रेस नोट जारी गर्दै माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर केही मान्छेहरुले गलत हल्ला फैलाएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

 

 

‘विभिन्न सामाजिक सञ्जालहरूमा नेकपा एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी पुनः माओवादीमा फर्कंदै र प्रचण्डसँग भेटघाट गरेको भन्ने कुप्रचार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको

 

 

भन्दै यस्ता खालका अराजनीतिक, कपोकल्पित समाचार र भ्रमका पछाडि नलागी सबै एकतावद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल गर्दछौं’, रायमाझीले जारी गरेको अपीलमा भनिएको छ ।

 

‘अहिले मेराविरुद्ध विभिन्न षड्यन्त्रहरु भएका छन् । एमालेमा मेरो सक्रियता र एमालेप्रति जनताको बढ्दो विश्वासबाट अत्तालिएकाहरु मेरोविरुद्ध कु्प्रचार गरेर रमाउन खोजेका छन् । यस्तो घृणित कार्यको निन्दा गर्छु’, रायमाझीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय