काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संसदको कार्यकाल असोज १ गतेदेखि नै सकिएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा थालियले यस्तो बताएका हुन्।

 

मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसदको कार्यकाल रहने र मनोनयनले समानुपातिक तर्फको बन्द सूचीलाई समेत जनाउने हुँदा संसदका कुनै पनि सदस्य एवं पदाधिकारीको कार्यकाल बाँकी नरहेको उनको जिकिर छ।

 

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि आइतबार र सोमबार समानुपातिक तर्फको बन्दसूची दलहरुबाट लिइसकेको छ।

 

 

निर्वाचन आयोगले संघीय संसदलाई पत्रमार्फत प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने जानकारी गराएको थियो।

 

तर अग्निप्रसाद सापकोटा सभामुखकै हैसियतमा त्यसपछि पनि सक्रिय भइहरेका छन्। जुन उचित नभएको प्रमुख आयुक्त थपलियाको टिप्पणी छ। असोज १ गतेदेखि संसदको कार्यकाल सकिसकेको थपलियाले बताए।

 

असोज एक गते पश्चात कुनै पनि सदस्य वा पदाधिकारी पदमा रहेको कुरा आयोगले नमान्ने उनको भनाई छ।

 

उनले भने, ‘असोज १ गतेदेखि संसदको कार्यकाल सकियो। त्यसपछि कुनै पनि सदस्य वा पदाधिकारी पदमा रहेको कुरा आयोगले मान्दैन।’

 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ ले ‘उम्मेदवारी’ भन्नाले समानुपातिकतर्फको ‘बन्दसूची’ बुझाउने समेत बुझिने परिभाषित गरेको छ।

 

निर्वाचन आचार संहिताले पनि मनोनयनपछि निर्वाचन पदमा रहेका व्यक्ति स्वतः पदमुक्त हुने र मनोनयन भन्नाले ‘बन्दसूची’लाई पनि मानिने उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय