एक समूहलाई अर्कोविरुद्ध उचाल्ने प्रयासमा लागेका उनी त्यसमा पनि सफल हुन सकेनन् । त्यसमाथि अहिले एमालेमा लामो समय राजनीति गरेका नेताहरूले आफूलाई सघाउने अवस्था नभएको समेत विश्लेषण उनले गरेका छन् ।

 

स्रोतका अनुसार पछिल्लो जिल्ला बसाइमा उनले गरेको अध्ययन अनुसार गठबन्धन एकतावद्ध भएको खण्डमा १० देखि १५ हजार मतले हार्ने उनको विश्लेषण छ ।

 

गठबन्धनका एक दललाई अर्कोविरुद्ध भड्काउने उनको प्रयास असफल भएपछि गठबन्धनले उम्मेदवार बनाउने पक्का भएको खण्डमा पुरानो पार्टीमा फर्किने मनसाय बनाएका छन् ।

 

अर्घाखाँचीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चा एकढिक्का भएर चुनावी अभियानमा लागेका छन् । टोपबहादुरले माओवादी छोडेर एमालेमा छिर्दा धेरै माओवादीले आफूलाई सघाउने आंकलन गरेका थिए ।

 

 

तर निकै कम कार्यकर्ताले मात्रै उनलाई विश्वास गरे । स्थानीय निर्वाचनमा जिल्लालाई राम्रो सफलता दिलाएका रायमाझी माओवादीमा फर्किनेबारे छलफल थालेपछि एमाले नेताहरू सशंकित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय