काठमाडौं ।

 

नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रत्यक्ष चुनाव नलड्ने भएकी छिन् । पार्टीलाई उनलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउनेगरि तयारी थालेको छ । यसअघि उनी कैलाली, बाग्लुङ, बर्दियालगायतका क्षेत्रबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा थियो ।

 

उनले पनि कैलाली–५ बाट चुनाव लड्ने तयारी गरेकी थिईन् । पार्टीले भने उनीसहित केही शीर्ष नेताहरुलाई समानुपातिकतर्फ नाम सिफारिश गरेको छ। यसरी समानुपातिकतर्फ सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारको पनि नाम सिफारिश गरिएको बुझिएको छ।

 

विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले त प्रत्यक्ष चुनाव नलड्ने बताईसकेका छन् । उनीहरुको नाम पनि समानुपातिकतर्फ नै सिफारिश हुने बुझिएको छ । कांग्रेसको पदाधिकारीले समानुपातिकतर्फको नाम टुँगो लगाएको बुझिएको छ । निर्वाचन आयोगले आज साँझसम्म समानुपातिकतर्फको बन्दसूची बुझाउन समयसिमा तोकेको छ ।

 

यो पनि : किन पुगे प्रधानमन्त्री शीतल निवास ?

 

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

 

भेटमा नागरिक विधेयकका विषयमा छलफल भएको स्रोतको दाबी छ । राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले जस्ताको तस्तै पास गरेका थिए । पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ ।

 

यसरी गएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, राष्ट्रपति भण्डारीले जस्ताको तस्तै विधेयक पास गरेको पठाएको भन्दै असन्तुष्टि जनाइरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय