
काठमाडौं :

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने तयारी गरेका छन् ।
सम्पूर्ण नेताहरुको छानविन गर्न ओलीले चाँडै छानविन आयोग बनाउने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
आयोगले खासगरी प्रचण्ड र माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र पौडेल लगायत नेताहरुको सम्पत्तिको स्रोत खोज्नेछ ।
माधव नेपाल आफै पनि बालुवाटार जग्गा प्रकणमा मुछिएका नेता हुन् । आयोगले ओली समूहकै नेताको पनि सम्पत्ति छानविन गर्ने प्रमको सचिवालयका सदस्य दावी गर्छन् ।
आयोगको खाका समेत गृहकार्यमा रहेको सचिवालय स्रोतले दावी गर्यो। आयोगले देशको उच्च तहमा पुगेका सबै राजनीतिक, प्रशासनिक र प्राविधिकहरुको सम्पत्तिको छानबिन गर्ने पनि बताइएको छ ।
आयोगबाट सिफारिस भई अख्तियारले अकुत सम्पत्ति कमाउने भ्रष्ट नेतालाई कारवाही गर्नेछ । प्रधानमन्त्री ओलीले आयोग गठनको तयारी गरेको सूचना पेरिसडाँडा पुगिसकेको छ ।
आफूहरुमाथि प्रतिशोध साधिए कडा प्रतिकार गर्ने रणनीतिमा जानुपर्ने सोच पेरिसडाँडाको रहेको जानकार स्रोत बताउँछ । https://pathivaranews.com/ बाट साभार गरीएको हो ।