
काठमाडौं:

आजका दिनमा केही कम भएको भए पनि हाम्रो समाजमा छोरीहरू बोझ हुन भन्ने मान्यता रहेको छ । तर ढुक्क हुनु भए हुन्छ छोरीहरु कहिल्लै तपाईंका लागि बोझ हुँदैनन् ।
छोरीहरुलाई पनि छोरालाई झैं पढ्ने, लेख्ने र अगाडि बढ्ने मौका दिनुहोस्, त्यसपछि हेर्नुहोस् कि शिक्षा र कडा परिश्रमले तपाईंको छोरीले सफलताको नयाँ कथा लेख्न समय लगाउने छैनन् ।
आज हामी त्यस्तै एक परिवारका बारेमा चर्चा गर्न गइरहेका छौँ । यसको एउटा उदाहरण जगदेव दहियाको परिवार हो ।
भारत, हरियाणाको सोनीपत जिल्लाको मदना गाउँ निवासी जगदेव दहियाकी छ छोरीहरू छन् ।
सबैको हातमा पीएचडी डिग्री छ । सबै छोरीहरु वैज्ञानिकहरू हुन् । ६ जना छोरी मध्ये ५ जनाले सरकारी जागिर खाइरहेका छन् । तीमध्ये चार छोरी क्यानाडा र संयुक्त राज्य अमेरिकामा कार्यरत छन् ।
वन इन्डिया हिन्दीसँग कुरा गर्दै जगदेव दहियाले आफु हरियाणा शिक्षा विभागमा कार्यरत भएको जानकारी गराएका छन् । उनी सन् २००६ मा प्रधानाध्यापकको रूपमा सेवानिवृत्त भएका हुन् ।
जगदेव र उनकी श्रीमती ओमवतीका छ छोरी र एक छोरा छन् । उनीहरुले आफ्ना सबै ७ बच्चाहरूलाई सिकाउने र शिक्षा दिने निर्णय गरे। जगदेव दहिया भन्छन्, ‘कहिलेकाँही समाज र आफन्तहरु छोरीहरुतर्फ हेर्दै मजाक उडान खोज्थे ।
छोरीहरुलाई किन धेरै पढाउँदै छौँ, के अधिकारी बनाउने विचार छ ? भनेर छोरीहरुको समयमा नै विवाह गर्दिन दबाब दिने गरेका थिए ।
तर उनले समाज र आफन्तको कुरा नसुनेर आफ्ना छोरीहरुको कुरामा ध्यान दिएका थिए । जगदेवका अनुसार अब छोरीहरू वैज्ञानिक भएर विदेशमा काम गरिरहेका छन् ।
अहिले तिनै आफन्त र गाउँलेहरु छोरीहरुको सफलतामा गर्व गरिरहेको जगदेवले बताए ।