मंगलबार , चैत्र ७, २०७९

काठमाडौं:

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सेटङ गरेरै लामो समयदेखि अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाडने घोषणा गर्नुभएको छ ।

नेकपाबाट अलग भएको पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालको समुहले सेटिङ गरेर भारतीय न्यूज च्यानललाई अन्तर्वार्ता दिएको आरोप लगाएको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

जिटीभिले मलाई अति नै खेदिराखेको थियो, पछि बास्तविकता बुझेछ, माफी माग्यो, धेरै पहिलादेखि अन्तवार्ता लिन खोजेको थियो, माफी नै मागिसकेपछि समय मिलाए, त्यहाँ देशको हितमा कँहीकतै डगमगाएको छैन, तर साथीहरु सेटिङ गरेर अन्तर्वार्ता गरायो भन्दै कराउन थाले,’ प्रधानमन्त्री ओलीले भन्नुभयो,

‘अव भारतसँग कुरा गरेर सहमत गराएर सेटिङ गरेरै अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु, देशको हितमा, नेपाली जनताको हितमा भारतसँग यस्तो सेटिङ गर्नैपर्छ, गरिरहन्छु ।’

अनेमसंघको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालमा देशहितमा कुरा गर्ने ल्याकत नभएको मात्रै होइन, सोच्दा पनि नसोच्ने गरेको तथ्य पनि राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय