शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं:

जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सडक आन्दोलन नै गर्नुपर्ने बताएको छ ।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकारले असंवैधानिक कदम चालेकाले त्यसविरुद्ध सडक संघर्ष नै गर्नुपर्ने जसपाका नेताहरुले बताएका छन् ।

आइतबार काठमाडौंमा प्रदर्शन गर्दै जसपाले संयुक्त आन्दोलनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसलाई पनि सहकार्यकार प्रस्ताव राखेको छ ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयबाट संसद विघटनको निर्णय बदर हुनेमा आशावादी भए पनि पुरै भर पर्न नसकिने बताए ।

‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन । किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन ।

न्याय दिने भन्दा विधि प्रमाण पु¥याउनेतिर जान्छ’ भट्टराईले भने । संसद विघटनको कदमलाई प्रतिगमन भन्दै जनआन्दोलनविना यो सच्चिने अवस्था नरहेको बताए ।

‘संयुक्त जनआन्दोलन बिना यो प्रतिगमन सच्चिनेवाला छैन’ उनले भने, ‘राजा महेन्द्रको प्रतिगमन हटाउन ३० वर्ष लाग्यो ।

पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन ४ वर्षभित्रै सडकबाटै गुल्ट्यायौँ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सडक आन्दोलनमार्फत अहिलेको कदमलाई केही महिनामै उल्ट्याउन सकिने पनि बताए ।

‘कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’ डा. भट्टराईले भनेका छन् ।

उनले प्रधानमन्त्री ओलीले चुनाव गराउने भ्रममा नबस्नसमेत प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् ।

‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस्’ भट्टराईको सुझाव छ । उनले अघि भने, ‘चुनाव भ्रममात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् ।

आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’ पञ्चायतमा राजाले चुनाव गर्दा पनि आफूहरु सहभागी नभएको स्मरण गर्दै भट्टराईले भने, ‘पञ्चायतले चुनाव गराएको थियो ।

भाग लिएनौँ । यो चुनाव विषको घैँटामा माथिल्तिर अलिकति अमृत राखे जस्तो हो । त्यो माथि राखिएको अमृतमा भुल्नुहुदैन ।

चुनाव भ्रम हो ।’ भट्टराईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई पनि आन्दोलन आउन आग्रह गरे । अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय