शुक्रबार , बैसाख १४, २०८१

चितवनमा प्रचण्डविरुद्ध एमालेले बादललाई भिडाउने, कसले मार्ला बाजी ?

 

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेपछि उम्मेदवारी घोषणाको क्रम अघि बढिसकेको छ । प्रमुख राजनीतिक दलहरुलाई चुनावी चटारोले छुन थालेको छ । यस पटकको निर्वाचन विभिन्न कारणले निकै घम्साघम्सीपुर्ण हुने आँकलन गरिएको छ ।

 

राजनीतिक दल संग निरासामा रहेका जनताले यो वर्षको निर्वाचनमा दलले सोचेजस्तो परिणम दिन नसक्ने आँकलन हुन थालेको छ । यो वर्ष विभिन्न नयाँ पार्टी र स्वतन्त्र उमेदवारहरुका कारण पनि चुनाव थप रोचक बन्ने देखिएको छ ।देशैभरीको निर्वाचन घम्साघम्सीपुर्ण हुनेनै छ त्यसमा पनि खास केहि क्षेत्रहरुको निर्वाचन भने देशैभरीको चासोको केन्द्र बन्ने देखिएको छ ।

 

चितवन–३, झापा–५, रौतहट, डडेल्धुरा, काठमाडौं लगायतका क्षेत्रहरु संघिय निर्वाचन यो पटक निक्कै रोचक बन्ने देखिएको छ । झपा–५ मा एमाले अध्यक्षका विरुद्ध माओवादी केन्द्रका युवा नेता सञ्जित तामाङले उमेदवारी दिने तयारी गरीरहेको छन् ।

 

चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष रामबहादुर थापाको चर्चा छ । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा लड्नेछन् भने रौतहटमा तथा काठमाडौं २ मध्य एक ठाउँमा माधवकुमार नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवन क्षेत्र नम्बर ३ मा यस पटक रोचक प्रतिष्पर्धाको संकेत देखिएको छ । चितवन छोडेर गोरखा या सिन्धुली अथवा अन्य कतैबाट निर्वाचन लड्ने चर्चा चले पनि यो पटक प्रचण्डले चितवन ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने फाइनल गरिसकेका छन् ।

 

चितवनमा उनी विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई मैदानमा उतार्ने तयारी एमालेले गरेको छ । प्रचण्ड र बादलबीच चितवन ३ मा चुनावी घम्साघम्सी हुने सम्भावना देखिएको छ ।

 

कुनै समयमा सहयात्री प्रचण्ड र बादलबीचको प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ । माओवादी केन्द्र छोडेर एमालेमै रहेका बादलले केहि समय अघिनै आफ्नो प्रतिष्पर्धा चितवन ३ मा प्रचण्डसँग हुन सक्ने र त्यसका लागी आफु तयार रहेको भनिसकेका छन् ।

 

बादलको गृह जिल्ला चितवन र उनको आफ्नो निर्वाचन क्षेत्र पनि क्षेत्र नम्बर ३ भएका कारण आफ्नो गृह क्षेत्रबाट प्रतिष्पर्धा गर्न चाहेमा प्रचण्ड विरुद्ध उनलाईनै मैदानमा उतार्न एमाले तयार रहेको बताइएको छ । गठबन्धनको तर्फबाट प्रचण्ड र एमालेको तर्फबाट बादलबीचको प्रतिष्पर्धाले चितवनको चुनावी सरगर्मी ह्वात्तै बढाउँने अुनमान गरिएको छ ।

 

तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरे पछि प्रचण्ड र बादलको कित्ता छुट्टिएको थियो । प्रचण्ड संसद विघठनलाई प्रतिगमन भनिरहेका थिए भने बादल भने प्रचण्डले गरेको आन्दोलनलाई प्रतिगमन भनिरहेका थिए ।

 

रोचक त के थियो भने संसद विघठनको पक्षमा तत्कालिन समयमा एमालेले गरेको बृहत प्रदर्शनलाई सम्बोधन गर्दै तत्कालिन गृहमन्त्री समेत रहेका बादलले प्रचण्डलाई चिडियाखानमा राख्नु पर्ने अभिव्यक्ति दिएका थिए । बादलको उक्त अभिव्यक्ति पछि आक्रोसित भएका प्रचण्डले बादललाई खराब दिमाग भन्दै आलोचना गरेका थिए ।

 

चितवन ३ मा प्रचण्ड र बादलको प्रतिष्पर्धा भएमा निकै रोचक र घोचक हुने अनुमान गरिएको छ । यी दुई नेता र दुवै पार्टीले एकले अर्कालाई हराउँन सम्पुर्ण शक्ति खर्च गर्ने छन् । प्रचण्ड गठबन्धनको तर्फबाट उमेदवार बन्ने छन् भने एमालेले पनि चितवन ३ मा चौथो शक्तिको रुपमा रहेको राप्रपाको साथ लिन सक्ने अनुमान गरिएको छ ।

 

तर राप्रपाले अहिलेसम्म निर्णय गरिसकेको छैन । भएको खण्डमा खेल थप पेचिलो बन्न सक्ने छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका थिए । तर तालमेल अनुसार मत नखसेपछि यी दुवै दलले एक अर्कालाई आशंकाको घेरामा राखेका थिए ।शक्ति सन्तुलनको हिसावले चितवन एकल रुपमा भन्दै सवैभन्दा बलियो नेपाली काँग्रेस हो ।

 

दोस्रोमा एमाले र तेस्रोमा माओवादी केन्द्र छन् । चौथोमा राप्रपा रहेको छ । स्वभाविक हिसावले जोड घटाउ गर्ने हो भने पहिलो र तेस्रो शक्ति मिल्दा दोस्रो र चौथो मिलेपनि जित्न सक्दैनन् । त्यसैले राप्रपाको समर्थनमै उम्मेदवार भएपनि प्रचण्डलाई हराउन बादलका लागि पहरोमा कुहिँनो ठोक्नु सरह नै हुने देखिएको छ ।

 

तर गठबन्धनल भित्र समस्या देखिए वा शक्ति सन्तुलतको अहिलेको अवस्थामा परिवर्तन आएमा भने जुनसुकै उम्मेदवारको पनि पल्लाभारी हुन सक्ने अनुमान छ । चितवन ३ राप्रपाका नेता विक्रम पाण्डेको निर्वाचन क्षेत्र हो ।अघिल्लो निर्वाचनमा प्रचण्डसँग पराजित भएका उनी यस पटक प्रचण्डलाई हराउँनका लागी एमालेसँग मिल्न सक्ने आकलन पनि गरिएको छ ।

 

त्यसो त केहि समय अघि एमालेका नेता महेश बस्नेतले चुनाव अघिनै विक्रम पाण्डेनै एमाले प्रवेश गर्ने पनि बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय