शुक्रबार , बैसाख १४, २०८१

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको छ ।विभिन्न चरणमा दुई नेताबीच भएका छलफलमा मिलेर जाने सहमति भएको हो । यद्यपि पार्टी एकताको औपचारिक घोषणा भने चुनावपछि गर्ने सहमति भएको छ ।

 

एकीकृत पार्टीको नाम तथा केही वैचारिक विषय मिल्न बाँकी रहेकाले चुनावमा मिलेर जाने र पछि एकता घोषणा गर्ने तयारी भएको नेताहरूले बताएका छन । दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति भएको छ ।

 

यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन हुन भने बाँकी छ । यद्यपि, प्रचण्डले यसबारे पार्टीका अधिकांश शीर्ष नेतालाई ब्रिफिङ गरिसक्नुभएको छ । सहमतिअनुसार भोलि दुवै दल संयुक्तरूपमा निर्वाचन आयोग जाने तय भएको छ ।

 

दुवै दलले आगामी निर्वाचनका लागि दल दर्ता गराएका छैनन् । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया–हथौडा र समाजवादीको आँखा छ । साझा चुनाव चिन्ह हँसिया–हथौडा हुने बताइएको छ ।

 

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको छ । निर्वाचन ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय दल बन्ने व्यवस्था छ ।

 

त्यसैले, चुनावपछि पार्टी एकता गर्नै पर्ने बाध्यता दुवै दललाई हुनेछ । १० वर्ष लामो शसस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुराम ६ वर्षपछि फेरि एकै ठाउँमा आउन लाग्नु भएको हो । २०७३ साल जेठ ३० गते तत्कालिन माओवादी छाडेर भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुभएको थियो ।

 

दाहाल–भट्टराई सहमतिनजिक : एउटै चिह्न, एउटै घोषणापत्र – दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर टुंग्याउने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका छन् । दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिक रूपमा टुंग्याउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।

 

दाहालले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरूसँग गरेका छन् ।

 

यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष दाहालले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।

 

अध्यक्ष दाहालले निकट नेताहरूलाई बताएअनुसार एक–दुई दिनै संयुक्त चिह्नमा निर्वाचन लड्न निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ ।

 

मंसिर ४ मा प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन हुँदै छ । ०७४ मा एमाले र माओवादी केन्द्रले पछि पार्टी एकता गर्ने सहमतिसहित वाम गठबन्धन बनाएर आ–आफ्नो दलको चिह्नमा निर्वाचन लडेका थिए । माओवादी नेता वर्षमान पुनले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी साझा चुनाव चिह्नमा निर्वाचन लड्न करिब सहमत भएको बताए ।

 

‘बाबुरामजीहरू माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्ने कुरा करिब–करिब टुंगो लागेको छ,’ पुनले कान्तिपुरसँग भने, ‘औपचारिक निर्णयका लागि आ–आफ्नो पार्टीको बैठकमा छलफल गर्न बाँकी छ ।

 

उहाँहरूको तहमा करिब टुंगो लागेको हो । हाम्रो तहमा पनि त्रंकिट गर्छौं ।’ निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ । भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा पनि चुनाव चिह्न आँखा राखेका थिए ।

 

माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूह भने दाहालको यस कदमबाट असन्तुष्ट छ । नेताहरूका अनुसार श्रेष्ठ समूहबाहेक माओवादीका अधिकांश नेता कार्यकर्ता भट्टराई माओवादीमा फर्किऊन् भन्ने चाहन्छन् । उनी माओवादीमा नफर्के पनि साझा चुनाव चिह्नबाट चुनाव लड्न तयार भएका हुन् ।

 

अर्कातर्फ हाल राष्ट्रिय सभा सदस्य रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ राजीनामा दिएर गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । गोरखामा श्रेष्ठ र भट्टराईको निर्वाचन

 

नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरूसँग गरेका छन् ।

 

यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष दाहालले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।

 

अध्यक्ष दाहालले निकट नेताहरूलाई बताएअनुसार एक–दुई दिनै संयुक्त चिह्नमा निर्वाचन लड्न निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ ।

 

मंसिर ४ मा प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन हुँदै छ । ०७४ मा एमाले र माओवादी केन्द्रले पछि पार्टी एकता गर्ने सहमतिसहित वाम गठबन्धन बनाएर आ–आफ्नो दलको चिह्नमा निर्वाचन लडेका थिए । माओवादी नेता वर्षमान पुनले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी साझा चुनाव चिह्नमा निर्वाचन लड्न करिब सहमत भएको बताए ।

 

‘बाबुरामजीहरू माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्ने कुरा करिब–करिब टुंगो लागेको छ,’ पुनले कान्तिपुरसँग भने, ‘औपचारिक निर्णयका लागि आ–आफ्नो पार्टीको बैठकमा छलफल गर्न बाँकी छ ।

 

उहाँहरूको तहमा करिब टुंगो लागेको हो । हाम्रो तहमा पनि त्रंकिट गर्छौं ।’ निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ । भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा पनि चुनाव चिह्न आँखा राखेका थिए ।

 

माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूह भने दाहालको यस कदमबाट असन्तुष्ट छ । नेताहरूका अनुसार श्रेष्ठ समूहबाहेक माओवादीका अधिकांश नेता कार्यकर्ता भट्टराई माओवादीमा फर्किऊन् भन्ने चाहन्छन् । उनी माओवादीमा नफर्के पनि साझा चुनाव चिह्नबाट चुनाव लड्न तयार भएका हुन् ।

 

अर्कातर्फ हाल राष्ट्रिय सभा सदस्य रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ राजीनामा दिएर गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । गोरखामा श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो । भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् ।

 

निर्वाचन आयोगले आइतबार निकालेको दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ ।

 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था छ ।

 

यसैलाई आधार मानेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा निर्वाचन चिह्नमा चुनाव लडन् सक्छन् । ऐनमा ‘निर्वाचन प्रयोजनका लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने’ व्यवस्था छ ।

 

ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय समिति बन्ने व्यवस्था छ । यसैगरी निर्वाचित सदस्य सोही संसदीय दलको सदस्य भएको मानिने ऐनले व्यवस्था गरेको छ ।

 

दुई संसदीय दल रहन नपाउने व्यवस्थाले उनीहरू बीच एकतामा जानैपर्ने बाध्यता हुन्छ । पाँचदलीय गठबन्धनभित्र रहेका वाम समाजवादी पार्टीले उपगठबन्धन बनाउने गृहकार्य गरेका थिए । कांग्रेसबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी,

 

जसपा र जनमोर्चाबीच उपगठबन्धन बनाउने गृहकार्य सम्भव नभएपछि दाहालले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतमको नेकपा एकता अभियान पार्टीसहितको मोर्चाको तयारी थालेका थिए । दाहालले नेकपा एकता अभियानका संयोजक गौतमसँग पनि छलफल जारी राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय