शुक्रबार , बैसाख १४, २०८१

‘द भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठले मेयर हर्क साम्पाङको निम्तोमा गरे धरानमा वृक्षरोपण, मेयरलाई सघाउन आग्रह

 

प्रकाशित मिति । २८ साउन, २०७९ ।

 

काठमाडौं :

 

‘द भ्वाइस अफ नेपाल’का कोच तथा चर्चित गायक दीप श्रेष्ठ धरानमा पुगेर वृक्षरोपण गरेका छन् ।

 

निजी कामको सिलसिलामा धरान पुगेका उनी उपमहानगरका मेयर हर्क साम्पाङको निम्तोमा वृक्षरोपण अभियानमा सहभागी भएका हुन् ।

 

सिमसिमे पानीको पर्वाह नगरी छाता ओढेरै गायक श्रेष्ठले बीपी पार्क पुगेर वृक्षरोपण गरे ।

 

‘द भ्वाइस अफ नेपाल’को चौथो श्रृंखलाको कोचबाट विश्राम लिएपछि फुर्सदमा रहेका उनले वृक्षरोपण गरेको तस्विर सुामाजिक संजालमा सेयर गरेका छन् ।

 

‘फेसबुकबाट त पहिल्यैदेखि वृक्षरोपण गरेको देखेकै थिएँ, आउन पनि उत्सुक थिएँ,’ उनले भने, ‘आज आफ्नै हातमा वृक्षरोपण गर्न पाएँ, खुसी लाग्यो ।

 

’श्रेष्ठसँगै अन्य स्थानीयबासीले पनि पार्कमा वृक्षरोपण गरे । उनले यस्तो कार्यमा मेयरलाई सघाउन समेत आग्रह गरे ।मेयर निर्वाचित भएपछि साम्पाङले प्रत्येक शनिबार वृक्षरोपण अभियान चलाइरहेका छन् ।

 

बेसाहाराका लागि साहारा बनिन् उपाध्यक्ष सिंह, गिफ्टेड एजुकेसन एकेडेमीमा निशुल्क पढाईदिने घाेषणा !

 

कालिकाेट : जिल्लाकाे सान्नीत्रिबेणी गाउपालिका उपाध्यक्ष पार्बति सिंहले जाेखिममा रहेका ७ जना बालबालिकाहरुकाे संरक्षण गर्ने घाेषणा गरेकी छन् ।

 

बुधबार आफ्नाे जन्मदिनको अबसरमा उनले सान्नीत्रिबेणी गाउपालिका वडा नं १ र २ का सात जना अभिभाबक नभएर जाेखिममा परेका बालबालिकाहरुकाे संरक्षणकाे जिम्मा लिने घाेषणा गरेकी हुन् ।

 

सान्नीत्रिबेणी गाउपालिका वडा नं २ का ९ बर्षिया उमेश तिरुवा, वडा नं १ का ८ बर्षिया दैबन लुवार, ४ बर्षिया सर्मिला सार्की, ८ बर्षिया भरत सार्की, ९ बर्षिया सम्राट गिरी, ९ बर्षिया प्रतीक्षा बाेहाेरा र ४ बर्षिया अमित बाेहाेराकाे संरक्षण आफुले गर्ने उपाध्यक्ष सिंहले घाेषणा गरिन ।

 

उनका अनुसार उनीहरु हाल बालहित सेवा समाजले आसय दिएर सान्नीत्रिबेणी गाउपालिका वडा नं १ मा रहेकाे गिफ्टेड एजुकेसन एकेडेमीमा अध्ययनरत छन् । जसका संञ्लाचक समाजसेवि रमेश जैसी रहेका छन । उनीहरुलाई बुधबार व्यक्तिगत रुपमा जन्मदिनको अबसरमा दस हजार नगर सहयाेग गरेकी छन् ।

 

उपाध्यक्ष सिंहले लक्षित बर्गकाे बजेटबाट पालिका भरीमा अभिभावक गुमाएर जाेखिममा परेका बालबालिकाहरुलाई नीतिगत रुपमा व्यवस्था गरि पालिकाबाट सहयाेग गर्ने बताईन् । उनले भिनिन्, हामी बालमैत्रि पालिका बनाउने छाैँ ।

 

कुनै पनि बालबालिकाले आफ्ना अभिभाबक गुमाएर जाेखिममा पर्दा सहारा बिहीन हुन नपराेस । त्यसका लागि पालिकाभरीमा जाेखिममा रहेका बालबालिकाहरुकाे तथ्यांक संकलन गरि आबश्यक पहल लिनेछु ।

 

उपाध्यक्ष सिंहले बिगतका बर्षहरुमा पनि आफ्नो जन्मदिनको अवसरमा गरिब, दिनदुखी, मृगौला पीडित र अन्य समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएकी थिईन् । यस्तै सहयोगी भावना सबैमा भईदिए हाम्रो सममजमा गरिब दु:खी काे जीवन पनि उज्यालाे तिर जाने थियो । उपाध्यक्ष सिंहलाई हाम्रो तर्फबाट धन्यवाद…!

 

कोइराला समूहका नेतालाई टिकट नपाउने त्रास !

 

नेता गुरुराज घिमिरे भन्छन्, ‘टिकट वितरण

 

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसको शनिबार बोलाइएको कार्यसम्पादन समितिको बैठक १० मिनेट पनि बसेन । सुरूमै महामन्त्री विश्वप्रकाश शर्माले पाँच वटा प्रस्ताव सुनाए, प्रस्ताव सुनेर सभापति शेरबहादुर देउवाले ‘पास–पास !’ भन्न नपाउँदै नेताले ताली पड्काए । राष्ट्रिय राजनीतिका विषयमा छलफल भएन, आगामी निर्वाचनको तयारीबारे केही सांगठनिक र कार्यक्रमिक निर्णय भए । बैठक क्षणभरमै सकियो ।

 

सत्ता गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेरै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ । तर, तालमेल गरेर चुनावमा जाँदा हुने उम्मेदवारी चयन र त्यसमा तालमेलले पार्ने प्रभावबारे पार्टीभित्रकै एउटा शक्ति सशंकित छ ।

 

सभापति एवम् प्रधानमन्त्री देउवाले आठ महिनाअघि भएको १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी नेता शेखर कोइराला समूहलाई विश्वासमा लिन सकेका छैनन् । कोइराला समूहले सभापति देउवासँग जतिसक्दो धेरै छलफल र प्रस्ट जवाफ खोजिरहेको छ । सभापति देउवा सकेसम्म टार्ने प्रयास गरिरहेका छन् ।

 

शनिबारको कार्यसम्पादन समिति बैठकमा पनि त्यही भयो । बैठकमा नेताहरू सभापति देउवालाई आफ्ना कुरा सुनाउन चाहन्थे, देउवालाई सुन्न चाहन्थे । तर सभापति देउवाले त्यस्तो मौका दिएनन् । बैठकपछि नेता अर्जुननरसिंह केसीले भने, ‘बैठकमा राष्ट्रिय राजनीतिका विषयमा छलफल नै भएन, केही आन्तरिक औपचारिक निर्णयमात्रै भए ।’

 

केसी त्यत्तिमै रोकिएनन् । उनले आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय भइसके पनि दलहरूबीच सिट बाँडफाँट र उम्मेदवार चयन सबैभन्दा महत्वपूर्ण हुने बताए । ‘गठबन्धन बनाउनैपर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिएर हामी यहाँसम्म आइपुगेका छौं । हामी गठबन्धनको नेतृत्वमा छौं । त्यही आधारमा पार्टीले गठबन्धन गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘तर त्यस्तो गठबन्धनमा सिट बाँडफाँट कसरी भइरहेको छ भनेर सबै कार्यकर्ताले थाहा पाउनुपर्छ ।’

 

नेता केसीले दलहरूबीच सिट बाँडफाँटको नाममा सभापति देउवाले प्रतिस्पर्धी समूहका लोकप्रिय नेताले पाउनुपर्ने मौका अर्को दललाई दिनसक्ने भय व्यक्त गरे । ‘कुनै क्षेत्रमा लोकप्रिय व्यक्तिले नेताको प्रिय नभएकै कारण त्यो सिट उदार भएर अर्को दललाई दिने, र नेताका प्रिय र स्वार्थ जोडिएका क्षेत्रमात्रै लिने अभ्यास हुनुहुन्नँ,’ उनले भने, ‘अन्यथा गठबन्धन गरेबमोजिम नतिजा हात नलाग्न सक्छ ।’

 

शनिबारै कोइराला समूहका युवा नेताहरूले सभापति देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै अलग्गै भेला गरेर छलफल गरे, चर्को असहमति जनाए । बैठकको नेतृत्व पार्टी महाधिवेशनमा प्रदेश १ र बागमतीको सभापतिमा पराजित नेताद्वय गुरूराज घिमिरे र जगदीश्वरनरसिंह केसीले गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरू प्रकाश रसाइली, मधु आचार्य र प्रतिमा गौतमसमेत सहभागी थिए ।

 

भेलामा सहभागी नेताहरूले सभापति देउवाले एकलौटी रुपमा प्रतिस्पर्धीलाई पाखा लगाएर अघि बढ्न खोजेको भन्दै आगामी निर्वाचनको उम्मेदवारी चयनमा त्यही प्रवृत्ति दोहोरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

 

पूर्वकेन्द्रीय सदस्य एवम् १४ औँ महाधिवेशनमा प्रदेश १ सभापतिका प्रत्यासी नेता घिमिरेले सभापति देउवाले महाधिवेशनमा गरेको बाचा पूरा गर्न नसकेको आरोप लगाए । ‘सभापतिजीले प्रमाणपत्र बुझेकै दिन साझा सभापति बन्छु भनेर प्रतिज्ञा लिनुभयो, त्यही बेला प्रतिस्पर्धी नेता शेखर कोइरालाले पनि भागबन्डा माग्दिनँ भन्नुभएकै हो,’

 

 

नेता घिमिरेले भने, ‘महाधिवेशनपछि अहिले आठ महिना बितेको छ, अहिलेको यथार्थ सभापतिजीको बोलीभन्दा धेरै भिन्न छ । करिब एक दर्जन निर्णयहरू भएका छन् । तर, सभापतिजीले प्रतिस्पर्धी समूहका एक जना सदस्यलाई पनि निर्णय प्रक्रियामा समेट्नुभएको छैन ।’

 

 

नेता घिमिरेले संस्थापन पक्षले अहिलेसम्म गरेका गतिविधिले आगामी निर्वाचनमा टिकट वितरण न्यायोचित हुन्छ भन्ने विश्वास गुमिसकेको बताए । ‘त्यो राष्ट्रिय सभा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय