शुक्रबार , बैसाख १४, २०८१

कालिकोटमा बागी उम्मेदवारी दिएर जितेका केसी पनि माओवादीको प्रशिक्षणमा

 

प्रकाशित मिति । २८ साउन, २०७९ ।

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका व्यक्ति पनि सहभागी भएका छन् ।

 

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्षमा पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उठेर चुनाव जितेका मोहनबहादुर केसी पनि प्रशिक्षण कार्यक्रममा सहभागि भएका हुन् ।

 

उनी एकहजार ८१९ मत सहित विजयी हुँदा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार डम्बरबहादुर शाहीले एक हजार ३३४ मतमात्रै पाएका थिए ।

 

चुनौती स्वीकार्दै आइपुगे प्रभाकर

 

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी लिन मनोज प्रभाकर शनिबार काठमाडौं आइपुगेका छन् । अघिल्लो साता नेपाल क्रिकेट संघ (क्यान) ले भारतका पूर्वअलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा चुनेको थियो ।

 

‘मेरा लागि चुनौती हो, यसलाई स्वीकार्दै आएको छु । म नेपालका युवा खेलाडीलाई सहयोग गर्न तयार छु,’ ५९ वर्षीय प्रभाकरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने । क्यानले उनीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।

 

अर्को साता नेपाली टोली पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल्न केन्या जानेछ । नेपालको प्रशिक्षकका रूपमा प्रभाकरको यो पहिलो चुनौती हुनेछ ।

 

नेपाल आउनुका कारण उनले भौगोलिक हिसाब पनि भएको जनाए । ‘म आफैं पनि पहाडी क्षेत्रबाट हुर्केको व्यक्ति हो, म पहाडी क्षेत्रमै बस्छु । पहाडी क्षेत्रमा जो बस्छन् उनीहरूसँग फरक खालको स्टामिना र फरक स्वभावको आक्रमणता हुन्छ ।

 

त्यसैले मैले नेपालको चुनौती स्वीकारेको हुँ र मैले राम्रो नतिजा पाउने छु किनेभने सबै उत्साहित छन्,’ उत्तर प्रदेशको गाजियाबादमा जन्मिएका प्रभाकरले दिल्लीबाट भारतको घरेलु क्रिकेट खेलेका थिए ।

 

उनले मुख्य प्रशिक्षक हुनु आफैंमा चुनौतीपूर्ण भएको जनाउँदै भने, ‘अन्तर्राष्ट्रिय स्तरमा टिम डेभलप गरेर प्रतिस्पर्धा गर्नु एउटा चुनौती हो । मसँग पर्याप्त अनुभव छ, त्यसैले मलाई टिममा युवा खेलाडीलाई कसरी सुधार गर्नुपर्छ भनेर थाहा छ ।

 

यो सामान्य विषय हो । यसलाई सुधार गर्नुपर्छ, त्यसका लागि म यहाँ छु । २–३ महिनामा यो सुधार थाहा हुनेछ ।’

 

नेपालको प्रशिक्षक बन्न भारतीय पत्रकारले आफूलाई सहयोग गरेको जनाउँदै नेपाली क्रिकेट टोलीलाई एउटा लयमा ल्याउन पर्याप्त समय भएको बताए । उनले अगाडि भने, ‘नेपाली खेलाडीहरूले कसरी खेलिरहेका छन् त्यसको मैले भिडियोहरू हेरिरहेको छु । उनीहरूलाई ब्याटिङमा सहयोग गर्नेछु । हामीले ब्याटिङमा मिहिनेत गर्नुपर्छ ।’

 

प्रभाकरले राष्ट्रिय टोलीको प्रशिक्षक भएर काम गर्न लागेको यो पहिलो पटक हो । यसअघि उनी २०१५–१६ मा अफगानिस्तानको बलिङ प्रशिक्षक थिए । भारतमा अरू टिमका प्रमुख प्रशिक्षक भएर काम गरेकाले आफूलाई खासै फरक नपर्ने उनको दाबी थियो ।

 

प्रभाकरले क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेको स्थान लिनेछन् । गत महिना श्रीलंकाका पूर्वक्रिकेटर दासानायकेले नेपालको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

 

असार मसान्तमा सेनेटरी प्याड खरिद गरेपछि बेरुजु

 

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राका लागि आर्थिक वर्षको अन्तिम असार ३० गते सेनिटरी असार मसान्तमा सेनेटरी प्याड खरिद गरेपछि बेरुजु

 

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राका लागि आर्थिक वर्षको अन्तिम असार ३० गते सेनिटरी प्याड खरिद गरेको पाइएको छ । वर्षभरिलाई आवश्यक पर्ने सेनिटर प्याड आर्थिक वर्षको अन्तिममा खरिद गर्दा छात्राहरूले प्रयोग गर्नबाट वञ्चित भएका हुन् ।

 

जसले गर्दा पालिकाले लिएको लक्षित उद्देश्य पूरा नभएको महालेखा परीक्षणले जनाएको छ । महिनावारीका समयमा नेपालगन्ज उपमहानगरका सामुदायिक विद्यालयका छात्राहरूले सेनिटरी प्याड प्रयोग गर्न नपाएको भन्दै असार ३० गते खरिद गरिएपछि महालेखा परीक्षकको कार्यालयले २० लाख ६ हजार १४ रुपैयाँ बेरुजु देखाएको छ ।

 

उपमहानरपालिकाले छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन जयमाता दी हाइजेनिक प्रोडक्ट प्रालिलाई प्रतिप्याकेट २१ दशमलव ७६ रुपैयाँका दरले ६६ हजार ४ सय १७ प्याकेटको १६ लाख ३३ हजार १ सय ४३ रुपैयाँ मूल्य अभिवृद्धि करसमेत गरी भुक्तानी दिएको देखिन्छ ।

 

तर, उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा खरिद गरी वितरण गर्न बाँकी रहेकाले भर्पाईसमेत पेस गर्न सकेको छैन । त्यस्तै, सेनिटरी प्याड इन्सिनेटर मेसिन खरिद गरेबापत स्मार्ट टेम इन्फोसिसलाई ३ लाख ७२ हजार ९ सय रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।

 

तर, इन्सिनेटर मेसिन कुन कुन विद्यालयलाई वितरण गरिएको भन्नेबारे उपमहानगरसँग कुनै अभिलेख छैन । महालेखा परीक्षकको कार्यालयले इन्सिनेटर मेसिन उपलब्ध गराएका विद्यालयको अभिलेख उपलब्ध गराउन सुझाव दिएको छ ।

 

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ५ बमोजिम उपलब्ध सेनिटरी प्याडको अभिलेख जिन्सी खातामा व्यवस्थित रूपले राखी विद्यालयका छात्राहरूको नाम स्पष्ट खुल्ने गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

त्यसैगरी कार्यक्रमको कार्यान्वयनको प्रगति विवरण मन्त्रालयले तोकेको ढाँचामा चौमासिक रूपमा विद्यालयले स्थानीय तहमा र स्थानीय तहले प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था रहेकामा लेखा परीक्षणको क्रममा कुनै पनि प्रगति विवरण देखिएको छैन ।

 

सामुदायिक विद्यालयलाई शैक्षिक सत्र सुरु भएपछि सेनिटरी प्याड उपलब्ध नराई आर्थिक वर्षको अन्तिममा उपमहानगरपालिकाले खरिद गर्दा उपलब्धि नदेखिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख रामबहादुर चन्दले सामुदायिक विद्यालयका छात्राका लागि सेनिटरी प्याड शिक्षा शाखाबाट खरिद गरिएको बताए ।

 

खडेरीले नदीमा पानी घट्दा युरोपभर ढुवानी समस्या

 

पेरिस — साढे दुई महिनाभन्दा लामो समयदेखिको चर्को खडेरीले युरोपका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या पर्दै गएको छ ।

 

जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्याण्ड्सको मुस लगायत मुख्य नदीमा पानीको स्तर नाटकिय रुपमा घट्न थालेपछि ढुवानी र खाध्यान्नमा गम्भिर असर पर्न लागेको हो ।

 

युरोपकै सबैभन्दा लामो दानुबे नदी युरोपेली मुलुकका १० देश भएर बग्छ । यो पानीको स्तर घट्दा जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, क्रोआसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, मोल्दाबह रौरेनको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रको भनाए छ ।

 

जर्मनीको राइन नदीमा पानीको स्तर नाटकीय रुपमा घट्दै गएको र आगामी दिनहरूमा गम्भीर रूपमा न्यून बिन्दुमा पुग्न सक्ने आकलन जर्मन अधिकारीहरुले गरेकाकेही हप्तादेखि निरन्तर बढ्दै गएको खडेरी र सुख्खा मौसमले युरोपका धेरै प्रमुख जलमार्गहरूलाई खुम्च्याइदिएको छ । राइन नदीमा पानीको स्तर घट्दा पानी जहाजबाट सामान डेलिभरी गर्ने जर्मन कारखानाहरू र पावर प्लान्टहरूका लागि समस्या पर्न लागेको छ । क्यापिटल इकोनोमिक्सका अनुसार अन्य युरोपेली देशमा भन्दा जर्मनीमा पानी जहाजबाट सामान ढुवानी धेरै हुने गर्छ ।

 

जर्मनीको यातायात मन्त्रालयका प्रवक्ता टिम अलेक्जान्ड्रिनले राइन नदीको समुद्रमा जोडिने काउब भन्ने ठाउँको घाँटी साँघुरो र पानीको सतह कम हुनाले खडेरीले झनै घटाइदिंदा साना जहाजहरु मात्रै पार गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् ।

 

पानीको अभावका कारण हेलब्रोनबाट कोलोनसम्म राइन नदीबाट नुन ल्याउने जहाजहरूले सामान्यतया दुई हजार दुई सय मेट्रिक टन कार्गो बोक्ने गरेकोमा हाल ६ सय टन मात्र ढुवानी गर्न सक्षम रहेको जर्मन रसद कम्पनी एचजिकेका प्रवक्ता क्रिस्चियन लोरेन्जले मेडियाहरुलाई बताएका छन् ।

 

राइन नदीमा पानीको स्तर घट्दा त्यसले जर्मनीमा मात्रै नभएर नेदरल्याण्ड्सको जल यातायात र कृषिमासमेत निकै ठूलो प्रभाव पार्ने चेतावनी टोरेटीले दिएका छन् ।

 

उच्च खडेरीका कारण अर्कोतर्फ फ्रान्स र इटालीले पनि संघर्ष गरिरहेका छन् । इटालीको सबैभन्दा ठूलो पो नदीमा पानीको सतह नौ मिटर घटेर पानीको संकट परेको छ भने डुंगा बिना तर्न नसकिने फ्रान्सको ल्वार नदी हाल पैदलमै पार गर्न सकिने भएपछि ढुवानी र सिँचाइमा गम्भीर असर परेको छ ।

 

इटालीको सबैभन्दा लामो पो नदीले इटालीको ४० प्रतिशत खाद्यान्न उत्पादन गर्ने हुँदा यसको सुकाईले अधिकारीहरुलाई हाल चिन्ता बढाएको छ ।

 

अधिकारीहरूले थप सामान ओसार्नका लागि अब रेल नेटवर्कमा स्थानान्तरण गर्न कदम चालिरहेको जर्मन यातायात मन्त्रालयका प्रवक्ता अलेक्जान्ड्रिनले बताएका छन् ।

 

जर्मनीमा उर्जाको संकट परेको र यातायात महँगो परिरहेका बेला नदीको यातायातलाई असर परेमा उर्जा संकट र मूल्य दुबै अझ महँगो हुने क्यापिटल इकोनोमिक्सका युरोपेली प्रमुख अर्थशास्त्री एन्ड्र्यु कनिंघमको भनाइ छ । पानीको अभावले सर्बिया, इटाली, स्पेन, पोर्चुगलको जलविद्युत उत्पादनमा समेत कमी ल्याएको छ ।

 

नदीमा पानीको स्तर घट्दा पनि चलाउन सकिने साना जहाजहरु निर्माणक लागि उनीहरुले पहल गरेको भनाए जर्मन अधिकारीहरुको छ ।सर्बियाका अधिकारीहरूले जलमार्गलाई गहिरो बनाउन र जहाजहरूलाई सहज रूपमा चलाउन डेन्युब नदीको वालुवा निकाल्न थालेको बताएका छन् ।

 

युरोपेली आयोग संयुक्त अनुसन्धान केन्द्र (ईसी-जेआरसी) ले हालको खडेरी ५०० वर्षमा सबैभन्दा खराब हुनसक्ने चेतावनी दिएको छ । यो भविष्यवाणीको घोषणा वरिष्ठ अनुसन्धानकर्ता एन्ड्रिया टोरेटीले एक पत्रकार सम्मेलनमार्फत् गरेका हुन् ।

 

तोरेतीले नदीको पानी सुक्दै गएकाले युरोपमा ढुवानी मात्रै नभएर दैनिक जिवनमा प्रभावित क्षेत्रहरू बढ्ने र प्रभावकारी न्यूनीकरणका उपायहरू नलिइएमा युरोपमा उत्तर र दक्षिण दुवैतिर नाटकीय रूपमा समस्या बढ्ने बताएका छन् ।

 

पो नदी सुक्दै जानाले खासगरि इटाली सबैभन्दा प्रभावित हुने र त्यसपछि दक्षिणी फ्रान्स, स्पेन र पोर्चुगलको ठूलो क्षेत्रहरू पर्ने उनको भनाइ छ ।

 

इटालीको पो नदी सुख्खा हुँदै गएपछि पानीको अभावकै कारण रोमले पाँच उत्तरी क्षेत्रहरूमा आपतकालिन अवस्था घोषणा गरिसकेको छ ।

 

मे महिनादेखिनै सुख्खा पर्नु र जुन देखि खडेरी सुरु भएपछि फ्रान्सको ल्वार नदी सुक्दै गएको छ । नदी यति सुकिसकेको छ कि केही ठाउँमा पैदल पार गर्न सकिने भएको छ ।

 

उता बेलायतको दक्षिण पश्चिममा रहेको थेम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय