शुक्रबार , बैसाख १४, २०८१

विन्टहुक:

नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।बर्तमान राष्ट्रपति हेज गेइन्गोबले उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन।

‘उहाँ सङ्क्रमित भएको खबरले दुःख लागेको छ, म उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु,’ राष्ट्रपति हेजले भनेका छन्।

संस्थापक राष्ट्रपति नुजोमालाई आइतबार अस्पताल भर्ना गरिएको र कोरोना परीक्षण गर्दा सङ्क्रमण देखिएको पनि उनले उल्लेख गरेका छन्।

उनको अवस्था स्थिर रहेको र सुधार हुँदै जाने लक्षणहरु देखिएको पनि राष्ट्रपति हेजले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय