शुक्रबार , बैसाख १४, २०८१

बिर्तामोड:

राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा शनिवार विशाल प्र’दर्शन भएको छ।

राप्रपाले संघीयता खारेजीको पनि मा’ग गर्दै प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा प्र’दर्शन गरेको हो ।

राप्रपाले मोटर तथा मोटरसाइकल र्या’लीको आयोजना गरेर प्र’दर्शन गरेको हो। र्यालीमा हजारौंको सहभागिता रहेको थियो।

प्र’दर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट ना’गरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए। दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्या’ली प्रारम्भ भएको थियो।

बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्र’दर्शन शुरुवात मात्र भएको बताए।

उनले चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन का’स्टिङ मात्र हो। क्ला’इमेक्स आउन बाँकी नै छ।’ राजसंस्था तथा हिन्दुराष्ट्र देशको आजको आवश्यक्ता भएको नेता लिङदेनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय