शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं:

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डाकिएको थियो ।

तर, प्रधानमन्त्री ओली बैठकमा आएनन् । ओलीको अनुपस्थितिमा ८ भाइ नेताहरुले २० मिनेटजति छलफल गरे । र, मंसिर २० सम्मका लागि बैठक स्थगन गरियो ।

बैठक सुरु हुनै लाग्दा कार्यकारी अध्यक्ष र महासचिवले बाहिर निस्केर केहीबेर खासखुस गरे । त्यसपछि ईश्वर पोखरेललाई पनि बोलाइयो ।

खासखुस सकेर बैठक कक्षमा प्रवेश गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले भने, कमरेड केपी ओली बैठकमा आउनुभएन ।

बैठकमा उहाँको उपस्थिति अनिवार्यजस्तै हुन्छ, उहाँविना बैठक गर्नु उचित हुँदैन, त्यसैले आजको बैठक स्थगित गरौं र २० गते अर्को बैठक गरौं ।’

कार्यकारी अध्यक्ष प्रचण्डले यति भनिसक्दा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डमाथि प्रश्न उठाए ।

‘कमरेड केपी ओली बैठकमा आउनुपर्‍यो नि ? अकारण बैठकमा नआउने ?’ वरिष्ठ नेता खनालले भने, कोही व्यक्ति नआउँदैमा बैठकै हुँदैन भन्न मिल्दैन ।’

अर्का नेता माधवकुमार नेपालले पनि बरु दुई दिन बैठक सार्न सकिन्छ, तर कोही नआउँदैमा बैठकै हुँदैन भन्न नमिल्ने भन्दै प्रचण्डको भनाइप्रति टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय