शुक्रबार , बैसाख १४, २०८१

Before the start of the football season, Spain’s famous rivals Barcelona and Real Madrid met in a friendly match.

 

Barcelona won the unofficial El Clasico match between Barcelona and Real, who are on a pre-season tour in America.

 

सिजनको फुटबल सुरू हुनुअघि स्पेनका चिरपरिचित प्रतिद्वन्द्वीद्वय बार्सिलोना र रियल म्याड्रिड मैत्रीपूर्ण खेलमा भिडेका छन्।

 

अमेरिकामा प्रि-सिजन टुरमा रहेका बार्सिलोना र रियलबीच भएको अनौपचारिक एलक्लासिको भिडन्तमा बार्सिलोना विजयी भएका छ।

 

अमेरिकाको लासभेगासमा आइतबार भएको खेलमा बार्सिलोना १-० गोलले विजयी भयो।

 

बार्सिलोनाका लागि राफिन्हाले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको २७ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

 

खेलमा बार्सिलोनाले यसै सिजन क्लबमा आबद्ध भएका रोबर्ट लेवान्डोस्कीलाई मैदान उतारेको थियो।

 

यद्यपी रियलले भने आफ्ना मूख्य फरवार्ड करिम बेन्जिमालाई आराम दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय