पाँच वर्षअघि यही समयमा सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो। बिबिसी मिडिया एक्सनको साझा सवाल कार्यक्रमको उक्त भिडिओमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवकले ‘

 

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

 

विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरेका छन्। देउवाले झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुन्छ’ भनेर जवाफ फर्काउँछन्।

 

 

 

पाँच वर्षअघि देउवालाई प्रश्न सोध्ने ती युवा गुल्मीका सागर ढकाल थिए। उक्त कार्यक्रम भएको केही महिनापछि चुनाव भयो। देउवा प्रधानमन्त्रीबाट हटे। प्रश्न सोध्ने सागर पढ्नका लागि आफैं बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगे।

 

 

 

पाँच वर्षपछि देशमा फेरि संसदीय चुनावको तयारी हुँदैछ। आगामी मंसिरमा हुने चुनावका लागि निर्वाचन आयोगले एक-दुई दिनमा मिति तोक्दै छ। यसपालिको चुनावमा तिनै सागरले डडेल्धुरामा प्रधानमन्त्री देउवालाई चुनौती दिने तयारीमा छन्।

 

 

 

 

 

 

 

४० वर्षमुनिका व्यक्तिलाई प्रधानमन्त्री बनाउने लक्ष्यका साथ आफू राजनीति गर्न नेपाल फर्किएको सागरले बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

 

उनी एक साताअघि मात्रै नेपाल आइपुगेका हुन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गर्थे।

 

 

 

अक्सफोर्डमा एक वर्षको पढाइ पूरा गरेपछि ६-७ महिना उतै बसेको र पछि चीनमा काम गर्न गएको उनी बताउँछन्। ‘चीनको जल मन्त्रालयमा साना जलविद्युत परियोजनाबारे काम गर्ने इन्टरनेशनल सेन्टर अन स्मल हाइड्रोपावरमा केही महिना काम गरेपछि म भारतको बैंगलुरू गएँ र स्वामी विवेकानन्द इन्स्टिच्युटमा योगाको तालिम लिएँ,’ उनले भने।

 

 

 

उक्त तालिमपछि आफू अफ्रिकी मुलुक सुडान पुगेको सागर बताउँछन्। ‘त्यो डक्टर्स विथवाउट बोर्डर्सको परियोजना थियो। इथियोपियाको द्वन्द्वबाट पीडित भएर शरणार्थीका रूपमा इथियोपिया आउनेहरूलाई स्वच्छ

 

 

 

 

 

 

 

पिउने पानी र अरू सरसफाइको व्यवस्था गर्ने काम हामी गर्थ्यौं,’ सागर भन्छन्, ‘त्यहाँ मैले निकै राम्रो काम गरेको थिएँ। केही समयमै मलाईपिउने पानी र अरू सरसफाइको व्यवस्था गर्ने काम हामी गर्थ्यौं,’ सागर भन्छन्, ‘त्यहाँ मैले निकै राम्रो काम गरेको थिएँ। केही समयमै मलाई ४०-५० जनाको टिम नेतृत्व गर्न दिइएको थियो।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

 

६ महिना जति सुडानमा काम गरेपछि मध्य एसियाली मुलुक किर्गिजस्तानमा डक्टर्स विथवाउट बोर्डर्सको अर्को प्रोजेक्टका काम गर्न गएको सागरले बताए। ‘त्यहाँ महिलालाई हुने क्यान्सरको उपचारमा हामी काम गर्थ्यौं।

 

 

 

 

 

 

 

किर्गिजस्तानमा पनि मैले राम्रो काम गरेको थिएँ। पछिल्लो समय मलाई दुई-चार देश नै हेर्ने गरी क्षेत्रीय जिम्मेवारी लिन अफर थियो। तर म देशमा केही गर्नुछ भन्ने ठानेर त्यो अफर छोडेर आएको छु,’ उनले दाबी गरे।

 

 

 

सागरले भनेका यी कुराहरूको सेतोपाटीले सोधखोज गरी पुष्टि गरेको छैन। पाँच वर्षअघि देउवालाई प्रश्न सोध्ने बेलादेखि नै आफूमा राजनीति गर्ने सोच रहेका यो बीचमा विभिन्न कुराको छोटो-छोटो अनुभव लिँदै अगाडि बढेको सागर बताउँछन्।

 

 

 

 

 

 

 

‘त्यही भएर मैले लामो समयसम्म एउटै काम गरिरहिनँ,’ उनले भने। उनले आफ्नो कोर टिममा अहिले ४०-५० जना रहेको उल्लेख गर्दै उनीहरूले अहिले चुनावी रणनीति बनाइरहेको बताए।

 

 

 

‘हाम्रो मुख्य एजेन्डा नै अब ४० वर्षमूनिको प्रधानमन्त्री बन्नुपर्छ भन्ने हो। त्यसका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरिरहेका छौं,’ सागरले भने, ‘

 

 

 

 

 

 

 

हजुरबुवा उमेरका देउवा, केपी ओली, प्रचण्डले यो देशको विकास गर्दैनन्। हिजो ढुंगा हानेर आएका गगन थापा र रामकुमारी झाक्रीको पुस्ताले पनि डेलिभरी दिन सक्दैन। देशलाई विकास गर्न ४० वर्षमूनिका मेरो पुस्ताका युवा चाहिन्छ भन्ने हो।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****गुल्मीका सागरले सुदूरपश्चिममा गएर देउवाको गृह जिल्लामा चुनाव लड्नुको कारण उनकै शब्दमा देशभरि सन्देश दिनु हो रे! ‘सबै जना काठमाडौंमा मात्रै वा सहरमा चुनाव उठेर त्यसले देशव्यापी लहर ल्याउँदैन्।

 

 

 

 

 

 

 

अर्कातिर देशको प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नु अहिलेको अभ्यासलाई चुनौती पनि हो,’ सागरले भने, ‘मैले डडेल्धुरा पुगेर देउवालाई चुनौती दिनसक्छु भने अरू साथीहरूले आफ्नै निर्वाचन क्षेत्रमा उठ्न झन् सजिलो हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय