सत्तागठबन्धनको शनिवारको बैठकले जेठमा स्थानिय तहको निर्वाचन गर्ने सहमती गरे लगत्तै बनेको एक खालको राजनितीक महोलमा एकाएक नाटकिय परिवर्तन आएको छ ।गठबन्धन बिना निर्वाचनमा जँदा नमिठो पराजयको भयले चुनावनै सार्नका लागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले अनेक दाउ खेलेका थिए

 

 

 

तर केहि गर्दा पनि माहाले आफ्नो पक्षमा नआए पछि गलेका उनीहरुलाई यहि मौकामा प्रधानमन्त्री देउवाले ट्र्यापमा पारे पछि राजनितीमा ठुलो हलचल देखिएको छ ।प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सघाए मात्रै गठबन्धन कायम राख्ने भन्दै प्रचण्ड र माधव नेपालाई चेतावनी दिएका छन् । देउवाको यस्तो चेतावनीले राष्ट्रिय राजनितीमा नाटकिय परिवर्तन देखिएको छ ।

 

 

 

देउवाले फेब्रुअरी १ मानै एमसीसी पास गर्न खोजे पछि प्रचण्ड र माधव नेपालले पनि नयाँ खेल खेलेका छन् ।यथाअवस्थामा एमसीसी पास गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताहरु प्रधानमन्त्री देउवाको यस्तो चेतावनीयुक्त प्रस्ताव पछि अप्ठेरोमा परेका छन् ।

 

 

देउवाले दुई दिन भित्रै एमसीसी पास नभए फिर्ता जाने भन्दै दबाव दिए पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सभामुख अग्नी सापकोटालाई प्रयोग गरेर संसद बैठकनै स्थागित गराइदिएका छन् ।देउवाले मितीनै तोकेर फेब्रुअरी

 

 

 

१ सम्म एमसीसी पास गर्न पर्ने दबाव दिए पछि प्रचण्डले चलाखी गरेर सो मितीमा संसद बैठकनै स्थगित गराइदिएका छन् । कोभिडका कारण भन्दै सुचना जारी गरेर सभामुख अग्नी सापकोटाले संसद वैठक स्थगित गराएका छन् ।देउवाले दिएको मितीमा संसद बैठक स्थगित गरिए पछि देउवा र प्रचण्ड माधव सम्बन्ध नमज्जा सँग चिसिएको छ ।

 

 

 

यसको प्रभाव आगामी दिनमा राष्ट्रिय राजनितीमा देखिने जानकारहरुले बताएका छन् । एमसीसीकै कारण सत्तागठबन्धन टुट्ने सम्भावना ह्वात्तै बढेको विश्लेषण हुन थालेको छ ।

 

 

 

गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।‘अब संसद बैठक १० दिन स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ ।

 

के के हुँदो रैछ हेरौँ भनेर हामीले संसद बैठक १० दिन पछि सार्‍यौं’ एकीकृत समाजवादीका नेता खनालले भने ।उनले यही अवस्थामा एमसीसी अनुमोदन नहुने पनि बताए । ‘एमसीसीमा यत्राविधि आपत्तिजनक कुरा छन्, नसच्चिएसम्म अनुमोदन हुँदैन,’

 

 

 

खनालले भनेका छन् ।बालुुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन टुट्दा आउँदै गरेको चुनावमा आफैंलाई घाटा पर्ने सम्भावना देखेका छन्, त्यसले एमसीसी पनि अनुमोदन गराउने र स्थानीय निर्वाचनसम्म गठबन्धन पनि जोगाएर जाने पक्षमा छन् ।‘यो पार्टी पार्टीको कुरै होइन, नेताहरुले गर्दा नमिलेको मात्रै हो,’

 

 

 

बालुवाटार स्रोतले भन्यो, ‘एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादीका नारायणकाजी श्रेष्ठमात्रै अलिकति लचक भए धेरै कुरा मिल्छ ।’श्रेष्ठ र खनाल दुबै, सत्ता गठबन्धनले बनाएको एमसीसी परियोजनाबारे अध्ययन गर्न बनेको कार्यदलमा छन् ।

 

 

 

दुई नेता गठबन्धन जोगाउने शर्तमा एमसीसी अनुमोदन गर्न तयार भए भने संसदबाट संकल्प प्रस्ताव पारित गर्न प्रधानमन्त्री देउवा सहमत छन् ।देउवाले आइतबार विहान पनि श्रेष्ठ र खनालसँग एमसीसी अनुमोदन गर्ने विषयमा नै संवाद गरेका थिए । तर दुबै नेताबाट सकारात्मक जवाफ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय