काठमाडौं, ३ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नेगरि गृहकार्यमा जुटेका छन् ।

 

पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि नेतृत्प्रति असन्तुष्ट रहेका नेताहरु नै एमालेमा प्रवेश गर्नको लागि आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ ।नेताहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले एमालेमा जानेगरि तयारी थालेको बुझिएको छ ।

 

 

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच दलीय गठबन्धन कायम राख्ने आगामी संसद्को निर्वाचनमा यही गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेपछि कम्युनिष्ट नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् ।आजमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

 

 

 

अहिले केही बेरमा प्रचण्ड र बाबुरामसँगै वामदेव गौतम, माधव नेपाल र झलनाथ खनालबीच पनि भेटवार्ता हुँदैछ । अध्यक्ष नेपाल र सम्मानित नेता खनालको पछिल्लो सक्रियताबाट झाँक्रीसहितका चार नेता असन्तुष्ट थिए ।उनीहरु एमालेका केही नेतासँग नियमित सम्पर्कमा छन् । आगामी चुनावअघि नै उनीहरु एमालेमा प्रवेश गर्नेगरि छलफल बढेको जनाईएको छ ।प्रचण्डले आगामी चुनावमा जाँदा समाजवादी केन्द्र बनाएर जाने रणनीति लिएका छन् ।

 

 

 

यसका लागि छलफल अगाडि बढाइसकेका छन् ।प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईका अलावा पूर्वउपप्रधानमन्त्री वामेदव गौतमलाई एक साथ भेटेर समाजवादी केन्द्र बनाएर जाने प्रस्ताव गरेको बुझिएको छ ।समाजवादी केन्द्र बनाएर जाने विषयमा बाबुराम भट्टराई यसअघि नै सहमत थिए ।

 

 

 

उनले कम्युनिस्ट सिद्धान्त त्यागिसकेका छन् । कम्युनिस्ट शब्द हटाउने विषयमा माधव नेपाल र झलनाथ खनाल लचिलो नभइसकेको बुझिएको छ । तर, उनीहरुलाई पनि समेटेर जाने गरी प्रचण्ड बढेका छन् ।समाजवादी केन्द्र बनाउँदा उपेन्द्र यादव पनि समेटिने सम्भावना रहेकोले प्रचण्डले त्यसबारे रणनीति चालेको देखिन्छ ।

 

 

 

केन्द्रमा सत्ता गठबन्धनका काँग्रेसबाहेकका मुख्य दलहरु रहेबाट आगामी चुनावको तालमेलमा सिटको दाबीमा बलियो बार्गेनिङ्ग गर्न सकिने बुझाई नेताहरुको रहेको देखिन्छ । काँग्रेसलाई आधा र समाजवादी केन्द्रलाई आधा सिट मागेर चुनावमा जाने तयारीका साथ प्रचण्ड बढेका छन् ।

 

 

 

नेपालको राजनीतिमा निर्णायक शक्ति बन्दै आएका प्रचण्डले चुनाव अघि नै आफूलाई फेरि बलियो गरी प्रस्तुत गर्न लागेका छन् । उनको यो रणनीतिलाई अर्थपूर्ण मानिएको छ ।काठमाडौँ — विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् ।

 

 

 

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी मुद्रा बिक्री गर्न इजाजतप्राप्त मनी चेन्जरले यो सुविधा दिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।हाललाई त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजतप्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिनेछ । केही वर्षयता यो व्यवस्था थिएन । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले यो व्यवस्थाले भ्रमणमा जानेलाई सहज हुने बताए ।

 

 

 

‘नगद विदेशी मुद्रा नपुग्नेजस्तो लागेमा अधिकतम सीमाभित्र रही इजाजतप्राप्त अन्तर्राष्ट्रिय विमानस्थलका मनी चेन्जरबाट नागरिकले पासपाेर्टका आधारमा यो सुविधा लिन सक्नेछन्’ उनले भने ‘२ सय डलरभन्दा धेरै चाहिनेले त बैंकबाटै सटही सुविधा लिन्छन् ।’विदेश भ्रमणमा जानेले बैंकबाट अधिकतम १५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था छ । यदी बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेकाले भने मनी चेन्जरबाट थप सटही सुविधा पाउने छैनन् ।

 

 

 

बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिइसकेकाले विमानस्थलबाट थप २ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । कामको सिलसिलामा विदेश जानेका लागि भने अधिकतम २ सय डलरसम्मको सटही सुविधा छ ।

 

 

 

उनीहरुले भने बैंकबाटै सटही सुविधा लिनुपर्नेछ ।काठमाडौँ — अमेरिकासँगको स्टेट पार्टरनसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्राचार गर्नेबारे अझै अध्ययन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले अध्ययन भइरहेको बताएकी हुन् ।

 

 

 

 

एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएपछि कहाँ-के र कसरी आएको हो त्यसको निर्क्यौल गरेर पत्र पठाइने उनले जानकारी दिइन् । ‘एसपीपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिठ्ठी पठाइन्छ । विपद् व्यवस्थापनलगायतमा के- के मा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ,’ प्रवक्ता लम्साले भनिन् ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण कहिले हुने भन्ने सुनिश्चित नभएको उनले जानकारी दिइन् । ‘परराष्ट्र पहिले एउटा मितिलाई लिएर कुरा भइरहेको थियो । अब दुबै पक्षबाट सहमति भएपछि मिति बाहिर आउँछ । दुवै पक्षलाई अनुकुल नभइ मिति घोषणा गर्ने कुरा आउँदैन

 

 

 

 

’ प्रवक्ता लम्सालले भनिन् ।उनले संयुक्त राष्ट्रसंघको आउँदो महासभाको बैठकमा सबै देशका सरकार प्रमुख जाने भएकाले यसपटक नेपालबाट पनि उच्च तहकै टोली जाने तयारी भएको जानकारी दिइन् । उच्च तहमा कुन तहका व्यक्ति जाने भन्ने मन्त्रिपरिषद्ले गरेपछि टुंगो लाग्ने उनले उल्लेख गरिन् ।

 

 

 

उनले श्रीलंकाको संकटबारे नेपालले सिक्नुपर्ने धारणा पनि राखिन् ।हालै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणबारे राजदूतावासले सामान्य सहजीकरण गरे पनि त्यसबारे सरकारलाई पूर्ण जानकारी नरहेको प्रवक्ता लम्सालले बताइन् । ‘विशुद्ध राजनीतिक भ्रमण भएकाले जानकारी छैन,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय