मंगलबार , बैसाख २५, २०८१

 

(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् । बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।

 

‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

 

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले केही दिनदेखि डा. भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि डा. भट्टराईसँग भेट भएको बताए ।यसअघि उनीहरुबीच गत मंगलबार सिंहदरबार स्थिति नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।

 

सत्तारुढ वामपन्थीको रणनीति : एउटै चुनाव चिह्न, कांग्रेससँग तालमेल मात्रै

सत्ता गठबन्धनको कांग्रेसबाहेकका दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्न लिएर सहभागी हुने र कांग्रेससँग तालमेल मात्र गर्ने रणनीतिमा छन् ।

 

जनता समाजवादी पार्टी छाडेपछि बाबुराम भट्टराईको कित्ता कता होला भन्ने आम अलमलको जवाफ दिन अघि सरे उनकै पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्ड ।मंगलबार दिउँसो भट्टराईसँग करिब एक घण्टा भलाकुसारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्पष्ट गरिदिए, ‘बाबुरामजीले जसपा छोड्नुभएको हो, गठबन्धन होइन ।’

 

राजनीतिक जीवनको अप्ठेरो मोडमा उभिएका आफ्ना पुराना सहयात्री भट्टराईसँगको भेटपछि माओवादी अध्यक्ष प्रचण्डले दिएको यो अभिव्यक्तिको अन्तर्यमा एउटा तयारी लुकेको छ, त्यो हो आउँदो चुनावमा संभव भएसम्मका ठाउँहरुमा कांग्रेससँग तालमेल गर्ने, बाँकी ठाउँमा वाम शक्तिबीच गठबन्धन गर्ने ।

 

भट्टराईसँगको भेटलगत्तै तत्कालीन नेकपाको सचिवालयमा रहेका र अहिले राजनीतिको तीन ध्रुवमा रहेका नेताहरुबीच भएको छलफलमा पनि अहिले सत्तामा रहेका र एमाले बाहेकका वाम शक्तिबीच गठबन्धन गर्ने सहमति भएको हो ।

 

बैठकपछि नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धनलाई कायम राख्दै वामपन्थी शक्ति मिलेर जाने विषयमा कुराकानी भएको बताए । यद्यपि वाम गठबन्धन कसरी अघि बढाउने भन्ने विषयमा प्रस्ताव तयार पार्न बनेको अनौपचारिक कार्यदलले प्रस्तावको खाका अन्तिम चरणमा पुर्‍याएको छ ।

 

स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता संयोजन समिति बनाउने र त्यो समितिले एमालेबाहेकका अरु वामशक्तिहरुलाई एकताबद्ध गरेर वाममोर्चा गठन गर्ने प्रस्ताव कार्यदलले गरेको छ ।

 

अनौपचारिक कार्यदलमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, प्रकाश ज्वाला र प्रमेश हमाल र जसपाका रामसहाय यादव र रकम चेम्जोङ सहभागी छन् ।

 

यी नेताहरुले देशैभरि आआफ्नो शक्ति,कांग्रेससँग मिलेर चुनाव लड्दा आर्जन शक्ति र कांग्रेसबाहेक मोर्चाबन्दी गरेर चुनाव लड्दा आउने परिणामका बारेमा अन्तिम विश्लेषण गरिरहेको अनौपचारिक कार्यदलमा आबद्ध नेताहरुले बताए ।

 

सत्ता गठबन्धनको कांग्रेसबाहेकका दलहरुले बनाउन लागेको उक्त मोर्चामा जसपा, राष्ट्रिय जनमोर्चा, वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा राष्ट्रिय एकता अभियान, बाबुराम भट्टराईको नेतृत्वमा बन्ने नयाँ पार्टी पनि सहभागी हुनेछन् ।

 

भट्टराईले दीपक लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको समावेशी लोकतन्त्र पार्टीबाट अबको राजनीति अघि बढाउने तयारी गरिरहेका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसितको संवादमा पनि भट्टराईले आफ्नो आगामी रणनीतिका विषयमा बताएका छन् ।

 

‘उहाँले नयाँ पार्टी गठनका विषयमा कुराकानी गर्नुभयो’, भट्टराईसँगको भेटपछि बसेको बाम नेताहरुको बैठकमा प्रचण्डले भनेका थिए, ‘पार्टीको विस्तृत कार्ययोजनासहित अघि बढ्नुस्, हामीले यो गठबन्धन कायम राखौँ भनेर मैले बाबुरामजीलाई भनेँ ।’त्यसैको फलस्वरुप प्रचण्डले भट्टराईसँगको भेटपछि भनेका हुन्, ‘उहाँ जसपामा नरहे पनि गठबन्धनमा रहनुहुन्छ ।’

 

गएको स्थानीय तह चुनावलाई कांग्रेससँग गठबन्धन भन्दा पनि ठूलो खालको तालमेल मात्रै भएको

 

 

कार्यदलले तयार पारेको प्रस्तावमा उल्लेख छ । ‘स्थानीय तहको निर्वाचनलाई भन्न त गठबन्धन भनियो तर त्यो तालमेलमात्रै हो ।

 

गठबन्धन हुन त देशैभरि सँगै हुनुपर्‍यो, न्यूनतम साझा कार्यक्रम हुनुपर्‍यो, कांग्रेससँग त्यो संभव छैन’, अनौपचारिक कार्यदलमा रहेका एक नेताले भने, ‘त्यसैले संयोजन समिति र मोर्चा मिलेर कांग्रेससँग तालमेल गर्ने गरी हामीले संवाद अघि बढाएका हौं ।’

 

ती नेताका अनुसार, वाम मोर्चा एउटै चुनाव चिह्न र घोषणापत्र लिएर चुनावमा जानेछन् । ‘कांग्रेससँग केही केही ठाउँमा मात्रै तालमेल होला, बाँकी देशैभरि हामी मिल्छौं, त्यसो हुँदा ओलीजीको आरोप पनि खण्डन हुनेभयो, हाम्रो शक्ति पनि बलियो हुनेभयो’, ती नेताले भने ।

 

नेपाली कांग्रेसभित्र आउँदो चुनावमा आफूले १०० सिट राखेर गठबन्धनलाई ६५ सिट दिने विषयमा बहस सुरु भएको छ । यही आशयको निर्णय सोमबार सम्पन्न कांग्रेसको केन्द्रीय समितिले पनि गरेको छ ।

 

‘गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ’ कांग्रेस केन्द्रीय कार्यसमिति निर्णयमा उल्लेख छ, ‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवाद मार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।’

 

तर उम्मेदवारी दिएका सयमध्ये ८० सिट जसरी भए पनि जित्ने, समानुपातिक प्रणालीबाट ४० देखि ४५ को सांसद जित्ने र सरकार बनाउन एक्लै बहुमत पुर्‍याउने आफ्नो पहिलो निष्कर्ष भने कांग्रेसले निर्णय पुस्तिकामा उल्लेख गरेको छैन ।

 

कांग्रेसको दोस्रो लक्ष्य मधेशकेन्द्रित दलहरुसँग मिलेर सरकार बनाउन सक्नेगरी चुनाव लड्ने र तेस्रो लक्ष्य बल्ल बामपन्थीसँग मिलेर चुनाव लड्ने हो । कांग्रेसको आन्तरिक तयारी बुझेकैले सत्ताभित्रै रहेका वाम शक्ति एकताबद्ध हुने प्रयत्नमा लागेका हुन् ।यद्यपि नेपाली कांग्रेससँग गठबन्धन नै गर्ने कि तालमेल मात्रै गर्ने भन्ने विषयमा निर्णयमा पुगिनसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

 

‘हामीले नेपाली कांग्रेसको निर्णयलाई मात्रै आधार बनाएर धारणा बनाउने पक्षमा छैनौं, नेपाली कांग्रेसको नेतृत्वसँग ठोस छलफल गर्छाैं । त्यसका आधारमा कांग्रेससँगको गठबन्धन, चुनावी तालमेल,आदिको बारेमा ठोस निष्कर्ष निकाल्न सकिन्छ’ नेता श्रेष्ठले भने, ‘कांग्रेससँग त राजनीतिक परिस्थितिमा आधारित गठबन्धन हो, तर अब विचार मिल्नेहरुसँग पार्टी एकता वा संयुक्त रणनीतिक या चुनावी मोर्चा बनाउने कुरा स्वाभाविक प्रक्रिया हो । यद्यपि हामी कुनै निष्कर्षमा पुगेका छैनौं, छलफलकै चरणमा छौं ।’

 

यसअघि दलहरुले माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादी केन्द्रका बीचमा चुनावअघि नै एकता प्रक्रिया अघि बढाउने गरी छलफल गरिरहेका थिए । तर त्यसो गर्दा समाजवादी केन्द्रको एउटा ठूलो खेमा बिच्किएर एमालेतिरै फर्किने संभावना रहेको निष्कर्ष निकाल्दै चुनावअघि संयोजन समिति मात्रै बनाउने निचोडमा दलहरु पुगेका छन् ।

 

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावअघि नै एकता ! – ‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने संभव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ,’

 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् ।पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

 

यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए । अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ ।

 

आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।

 

उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘छलफलमा सकेसम्मछलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता सम्भव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ’, श्रेष्ठले भने ।

 

छलफलमा नेताहरुले वामपन्थी शक्तिहरु कमजोर हुँदा राष्ट्रियता धरापमा परेको भन्दै वामपन्थी ध्रुवीकरण आवश्यक परेको निष्कर्ष निकालेका थिए । ‘अहिले राष्ट्रियता धरापमा छ, यसले गम्भीर संकट निम्त्याउन सक्छ,’ बैठकको निष्कर्ष सुनाउँदै श्रेष्ठले भने,‘त्यसो गर्दा वामपन्थी शक्तिहरुले एकता, ध्रुवीकरण र मोर्चाबन्दीको प्रक्रिया अघि बढाउनुपर्छ र त्यो बढाउने हो भने तत्काल कमसेकम एकीकृत समाजवादी र हाम्रो पार्टीबीच एकता गर्ने प्रक्रिया अघि बढाऔं र त्यसपछि अरुलाई आह्वान गरौं भन्ने निचोडमा पुगेका छौं ।’ उनका अनुसार यो चुनावमा वाम एकता सम्भव नभए वाम तालमेलको अवस्थासम्म पुर्‍याउनुपर्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

 

माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनलाई कसरी अघि बढाउन चाहन्छ भन्नेबारेमा पहिल्यै निर्क्योल गर्नुपर्नेमा एकमत छन् । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भनेर नेपाली कांग्रेसले अन्तिममा केही ठाउँमा मात्रै गठबन्धन गरेको र त्यसले आफूहरुलाई घाटा पुगेको नेताहरुको निष्कर्ष छ ।

 

यद्यपि उनीहरुले एमालेसँग भने कम्तीमा यस वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन या एकता दुबै नहुने निचोड निकालेका छन् । ‘एमालेसँग चुनावअघि नै तालमेल हुने संभावना छैन, ऊ आत्माआलोचित भएको छैन, निर्वाचनको सन्दर्भमा पनि सही ढंगले तालमेलमा जान्छ भन्ने देखिएको छैन,’ बैठकको निष्कर्षबारे श्रेष्ठले भने ।

 

यसअघि आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको संभावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुबीचको एकताको संभावनाबारे प्रतिवेदनमा उल्लेख गरेका छन्, तर विस्तृतमा व्याख्या गरेका छैनन् ।

 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले समेत अहिले एमालेसँग चुनावी तालमेलको संभावना नरहेको बताइसकेको छ । स्थानीय तह निर्वाचनमा अन्तिम अवस्थामा गठबन्धन हुँदा त्यसको परिणाम राम्रो नआएको भन्दै कांग्रेससँग पनि भर गर्न नसकिने यी पार्टीका नेताहरुले बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय