मंगलबार , बैसाख २५, २०८१

काठमाडौं । संविधानविद भीमअर्जुन आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाको सोच आरजु राणालाई अबको प्रधानमन्त्री बनाउने तयारीमा रहेको बताएका छन् ।

 

नेपाली नेताहरुले आफनो परिवार र गुट भन्दा बाहिरलाई साथ नदिने भएकोले प्रधानमन्त्री देउवाको सोच आरजु राणालाई अबको प्रधानमन्त्री बनाउने तयारीमा प्रचण्ड भारत भ्रमण गएको बताएका छन् ।

 

उनले भने, ‘प्रधानमन्त्री देउवाले अबको चुनावमा ‘मिसेज’ देउवालाई सम्वत नयाँ प्रधानमन्त्रीकोरुपमा उनले प्रस्तुत गर्ने यदि चुनाव जितेको अवस्थामा चाहि त्यो सम्भावना देखिन्छ ।

 

नेपालको राजनीतिमा ठुलो नेताहरुलाई देश र जनताको माया नहुने र प्रचण्ड देउवासँग नजिक भए जस्तो गरेर मिलेर प्रधानमन्त्री बन्न खोजेको उनले बताए ।

 

शेरबहादुर देउवाको आकांक्षा आफनो पत्निलाई प्रधानमन्त्री बनाउने भएकोले त्यो बुझेरे भारतले प्रचण्डलाई बोलाएको बताएका छन् ।

 

अबको चुनाव पछिको ‘रिजल्ट’ चाहि यो संसारको अडर भारत, चीन र अमेरिका सबैको लागि धेरै नै महत्व हुने र अबको निर्वाचन पछि आरजु राणा प्रधानमन्त्री बन्ने सम्भावना उच्च रहेकोले कांग्रेसमा पछिल्लो समयमा विरोध गर्ने क्षमता भएको व्यक्ति कोहि पनि नभएको उनले बताए ।

 

केपी शर्मा ओली र शेरबहादुर देउवाको सरकामा केही फरक नभएको उस्तै रहेको र पुरानो दलहरुले देश कहिले पनि परिर्वतन नगर्ने अहिले स्थानीय तह तहस नहस गरेकोले अब राजनीति दलका नेताहरुको लुटको स्वर्थलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

 

अब यो चुनावमा पुराना नाम लिएका नेताहरुलाई ठाउँको ठाउँ रोकेर चुनाव जित्न दिनु नहुने यदि जितेर आएमा मुलुक भडखालोमा जाने यो देशमा बिग्रनुको मुख्यकारण शेरबहादुर देउवा र केपी शर्मा ओली र प्रचण्ड भएको बताए ।

 

देउवा, प्रचण्ड र माधव नेपाललाई लाजसरम लाग्नु पर्ने हिजो ओलीले यो काम गर्दा खेरी कति चर्को स्वरमा विरोध गरको तर आज पनपरी गर्न संविधान विधेयक ल्याए र यिनीहरुले अपराध गरेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय