मंगलबार , बैसाख २५, २०८१

काठमाडौं साउन ५

 

नेकपा एमाले सूक्ष्मरुपमा आउने चुनावी समीक्षा र रणनीति निर्माणमा जुटेको खबर छ । एमालेका नेताहरु आउने चुनावको संभावित नतिजाको आंकलन गरेर पार्टीहरुसँग तालमेल वा सहकार्यको विषयमा छलफल गर्न थालेका छन् ।

 

एमालेहरुका नेताहरुको आन्तरिक हिसाबकिताब अनुसार एकीकृत समाजवादीसँग एकता गर्दा वा नगर्दा कति फरक पर्छ ? वा अन्य राप्रपा, जनमत पार्टी, लोसपालगायतका दलहरुसँग मात्रै तालमेल गर्दा कति फरक छ ? भन्ने हिसाबकिताबमा लागेको स्राेत बताउछ ।

 

एमाले स्रोतका अनुसार, एकीकृत समाजवादीलाई मिलाउने हो भने मात्रै पनि १५ देखि २० सीट बढाउन सकिने देखिएको छ । झिनो मतान्तरले चुनाव हार्ने संभावना रहेको जिल्लामा एकीकृत समाजवादीसँगको एकताले सहयोग पुग्ने उनीहरुको विश्लेषण देखिएको छ । त्यहीकारण एमाले नेताहरुले अन्य दलभन्दा पनि एकीकृत समाजवादीसँगलाई मिलाउने पहिलो प्रयासमा लागेका स्रोतका दाबी छ ।

 

स्रोतका अनुसार, एमाले नेताहरुको त्यही प्रयासका कारणले कांग्रेस र माओवादी पनि एकीकृत समाजवादी चुनावसम्ममा एकतामा जान सक्ने अनुमान गरिरहेका छन् ।

 

कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा २०७९ साउन १ गते आइतवार प्रस्तुत गरेको संभावित चुनावी नतिजासम्बन्धी आंकडामा पनि एमाले र एकीकृत समाजवादी मिल्न सक्ने अनुमान गरेका छन् ।

 

त्यसैले एउटा संभावित गठबन्धनमा कांग्रेस र माओवादीको मात्रै हुने र त्यससँग प्रतिस्पर्धा गर्ने अर्को गठबन्धन चाहिं एमाले, एकीकृत समाजवादी र राप्रपाको हुने उल्लेख गरेका छन् ।

 

उक्त गठबन्धनको चुनावी नतिजा पनि आंकलन गरेर केन्द्रीय सदस्यहरुलाई सुनाएका थिए । त्यस्तो गठनन्धनमध्ये एमाले र एकीकृत समाजवादी, राप्रपा मिल्दा ५६ सीटको हाराहारीमा ल्याउने र कांग्रेस र माओवादीको गठबन्धनले एक सय ९ सीट जित्ने विश्लेषण गरी आंकडा सुनाएका थिए । एमाले र एकीकृत समाजवादीलाई मिलाउने प्रयास भइरहेका कारण एमाले अध्यक्ष केपी ओलीले पनि अचेल माधव नेपाल र झलनाथ खनाललाई गाली गर्न छोडेका छन् ।

 

माअ‍ोवादी अध्यक्ष प्रचण्डमाथि गाली गर्ने क्रमम नगरोकिएपछि नेपाल र खनालमाथिको गाली भने मत्थर भएको छ । २०७९ साउन ४ गते एमाले वागमती प्रदेश कमिटीको कार्यक्रममा बोल्दै ओलीले वामपन्थीको नाममा कांग्रेससँग गएकाहरु भनेर धेरै माओवादीको आलोचना गरेका थिए । अनि, पहिलाभन्दा आत्मसमीक्षा पनि गरेका थिए ।

 

आफ्नो वडा कमिटीमा सदस्य भएको व्यक्ति जति पनि स्थानीय चुनावमा भोट नआएको भन्दै कार्यकर्तामाथि खनिएका थिए । एमालेको आन्तरिक समीक्षामा करिब ५१ हजार नेता कार्यकर्ताले भोट क्रस गरेको विश्लेषण गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय