मंगलबार , बैसाख २५, २०८१

जनता समाजवादी पार्टी, नेपालबाट निकालिएका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नयाँ दल खोल्ने तयारीमा जुटेका छन् । उनले पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठक बोलाएपछि जसपा विभाजनको मुखमा पुगेको थियो । अध्यक्ष उपेन्द्र यादव पक्षले पर्सामा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेको थियो ।

 

सो बैठकले बाबुरामसहितका नेताहरुलाई पार्टी विभाजनको आरोप लगाउँदै पार्टीबाट निश्काषन गरेको थियो । बाबुराम अहिले नयाँ दल खोल्नेगरि छलफलमा जुटेका छन् ।

 

उनी समाजवादी केन्द्र बनाएर अघि बढ्न चाहन्छन् । यसको लागि उनले आफ्नो सक्रियता बढाएका छन् । यो बीचमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगसम्म भेटवार्ता गरेका छन् । अब बन्ने नयाँ दलको नेतृत्वमा भने उनी नरहने बुझिएको छ ।

 

उनले आफू कार्यकारी पदमा नबस्ने भन्दै अध्यक्षमा आफ्नी पत्नी हिसिला यमीलाई अघि सार्ने तयारी भएको स्रोतको दाबी छ । उनी आफू पार्टी अध्यक्ष बन्नुभन्दापनि अभिभावकीय भूमिा रहन चाहन्छन् ।

 

अध्यक्षमा उनले महिन्द्र राय यादव, गंगा श्रेष्ठलाई पनि अघि सार्न खोजेका छन् । तर, महिलालाई पनि पार्टी अध्यक्ष बनाएर अघि बढ्दा राम्रो सन्देश जाने भन्दै उनले पूर्वमन्त्रीसमेत रहेकी हिसिलालाई नै अध्यक्ष बनाउनेगरि तयारी थालेका छन् ।

 

उता, जसपाको कुनै पनि गुटमा नलागी तटस्थ बसेका तर बाबुरामसँग नजिक रहेका राजकिशोर यादव पनि अध्यक्ष बन्नको लागि ईच्छुक देखिएका छन् । तर, उनले आफूहरुलाई खुलेर साथ नदिएको भन्दै बाबुराम पक्षधर नेताहरुले अहिले अध्यक्ष बनाउन नहुने भन्दै लविङ थालेका छन् ।

 

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालबाट निकालिएका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नयाँ दल खोल्ने तयारीमा जुटेका छन् ।

 

उनले पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठक बोलाएपछि जसपा विभाजनको मुखमा पुगेको थियो । अध्यक्ष उपेन्द्र यादव पक्षले पर्सामा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेको थियो ।

 

सो बैठकले बाबुरामसहितका नेताहरुलाई पार्टी विभाजनको आरोप लगाउँदै पार्टीबाट निश्काषन गरेको थियो । बाबुराम अहिले नयाँ दल खोल्नेगरि छलफलमा जुटेका छन् ।

 

उनी समाजवादी केन्द्र बनाएर अघि बढ्न चाहन्छन् । यसको लागि उनले आफ्नो सक्रियता बढाएका छन् । यो बीचमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगसम्म भेटवार्ता गरेका छन् । अब बन्ने नयाँ दलको नेतृत्वमा भने उनी नरहने बुझिएको छ ।

 

उनले आफू कार्यकारी पदमा नबस्ने भन्दै अध्यक्षमा आफ्नी पत्नी हिसिला यमीलाई अघि सार्ने तयारी भएको स्रोतको दाबी छ । उनी आफू पार्टी अध्यक्ष बन्नुभन्दापनि अभिभावकीय भूमिा रहन चाहन्छन् ।

 

अध्यक्षमा उनले महिन्द्र राय यादव, गंगा श्रेष्ठलाई पनि अघि सार्न खोजेका छन् । तर, महिलालाई पनि पार्टी अध्यक्ष बनाएर अघि बढ्दा राम्रो सन्देश जाने भन्दै उनले पूर्वमन्त्रीसमेत रहेकी हिसिलालाई नै अध्यक्ष बनाउनेगरि तयारी थालेका छन् ।

 

उता, जसपाको कुनै पनि गुटमा नलागी तटस्थ बसेका तर बाबुरामसँग नजिक रहेका राजकिशोर यादव पनि अध्यक्ष बन्नको लागि ईच्छुक देखिएका छन् । तर, उनले आफूहरुलाई खुलेर साथ नदिएको भन्दै बाबुराम पक्षधर नेताहरुले अहिले अध्यक्ष बनाउन नहुने भन्दै लविङ थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय