शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं। पूर्वमन्त्री रामकुमारी झाँक्रीको टिकटक मोह कुनै नयाँ कुरा होईन्। मन्त्री भएपछि केही कम गर्नुभएकी उहाँ पुनः सक्रिय भएको भन्दै एक भिडियो भाइरल हुँदैछ।

 

हालै बाहिर आएको भिडियोमा नेतृ झाँक्री गिफ्ट माग्दै गरेको अवस्थामा हुनुहुन्छ। टिकटक लाइभ आउनु भएकी उहाँलाई अब के एमालेमा फर्किनुहुन्छ भनेर एकजनाले सोध्नुभयो। जवाफमा उहाँले भन्नुभयो, ‘छैन समाजवादीमा नै छु।’ त्यसबीच एकजनाले उपहारमा गुलाफ पठाउँछन्।

 

अनी झाँक्री भन्नुहुन्छ, ‘थ्याङ्क्यू फर रोज’ लाइभमा एकजनाले माकुने काकाको खबर के छ भनेर सोध्छन्, जसको जवाफमा उहाँले त्यस्तो कुरा नलेख्न अनुरोध गर्नुहुन्छ। सबैलाई धन्यवाद भन्दै गर्दा कुनै बेला ‘थ्याङ्क्यू नानी बाबु’ भनेर ट्रेन्ड चलेको कुरा पनि उहाँले स्मरण गर्नुभयो।

 

नेकपा एकिकृत समाजवादीकी नेतृ समेत रहनु भएकी उहाँले आफ्नो कुरा भन्नका लागि लाइभमा हेर्ने मान्छेहरु पर्याप्त नभएको भन्दै पीडा पनि पोख्नुभयो। उहाँले भन्नुभयो, ‘मैले मेरो एकलौटी कुरा केही भन्न पाको छैन्।

 

७०० कतिजना हुनुभाछ। तपाईंहरु अलिकति ८००, अलिकति बढ्नुभयो भने सानो म्यासेज भन्न चाहान्छु।’ टिककटमा भएका साथिहरुलाई आफूले दिन लागेको सन्देश राम्रो हुने कुरा पनि उहाँले उल्लेख गर्नुभयो। लाइभमा हेर्नेहरु एक हजार पुगेपछि उहाँको म्यासेज आयो।

 

उहाँले भन्नुभयो, ‘नमस्ते म…थाहा पाइहाल्नुभो मेरो आइडिबाट म रामकुमारी झाँक्री। म साढे आठ महिना, नौं महिनापछि मात्रै यो टिकटकको लाइभमा आको छु। फेसबुक लाइभ वा अरु एप्लीकेसनबाट पनि लाइभ आउने सुविधा छ, तर मलाई त्यो भन्दा टिकटकको लाइभमा तपाईंहरुलाई भेट्न सजिलो हुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय