नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् । बुधबार अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले एमालेको एउटा विभागको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज नभएको बताए ।

 

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी पनि रहेका छन् । उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको हो भन्दै हालका सत्तारुढ दलका भ्रातृसंस्थाहरुले उनको राजीनामा माग गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गभर्नरले राजीनामा दिनुपर्ने बताइसकेका छन् ।

 

तर बुधबार एमाले महासचिव पोखरेलले भने, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।

 

 

’ कालो धनलाई सेतो बनाउने योजना असफल भएपछि सरकारले गभर्नरमाथि आक्रमण सुरु गरेको उनले टिप्पणी गरेअहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्न खोज्नेलाई प्रोत्साहन गर्नु भएको पोखरेलले बताए ।

 

 

‘जबकी पार्टीले भनिसकेको छ गभर्नर विभागको सदस्य होइनन्, गभर्नर आफैंले पनि भनिसक्नुभएको छ म विभागको सदस्य होइन, यो विषयमा बहस असान्दिर्भक छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय