काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आफ्नो नेतृत्वमा रहहेको सरकारले मुलुकलाई सम्बृद्धि र विकासको लयमा लगेको तर गठबन्धन सरकारले भत्काइदिएको दावी गरेका छन् ।

 

बुधबार काठमाडौंमा आयोजित वाग्मती प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउदो निर्वाचनपछि सम्बृद्धि र विकासका उदेश्य प्राप्त गर्नेगरी अगाडी जानुपर्ने बताए ।

 

‘म नेतृत्वको सरकार रहेका बेला मुलुकले सम्बृद्धि र विकासको लय समातेको थियो । गठबन्धन सरकार बनेपछि त्यो बिग्रियो,’ उनले कार्यकर्तामाझ भने, ‘आगामी निर्वाचनपछि देशलाई सम्बृद्धि र विकासका उदेश्य प्राप्त गर्नेगरी बढ्नुपर्छ।’

 

अध्यक्ष ओलीले वर्तमान सरकराले सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको पनि आरोप लगाए ।

 

उनले गएका बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई उदाहारण दिँदै भने, ‘गत फागुनमा हुनुपर्ने निर्वाचन बैशाखमा गरिएको त्यो पनि एमालेको दवावले मात्रै सम्भव भयो । अब प्रदेश र संघको निर्वाचन पनि सार्ने षड्यन्त्र भइरहेको छ।’

 

त्यस्तैगरी अध्यक्ष ओलीले हालका सरकार सञ्चालकहरु अयोग्य भएको पनि टिप्पणी गरेका छन् । साथै सरकार नातावाद, कृपावाद र भ्रष्ट भएको दावी गरे ।

 

‘वतर्तमान सरकार संचालकहरु अयोग्य, भ्रष्ट सावित भए, नातावाद कृपावादलाई आदर्श बनाए । देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगे, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगे,

 

 

अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएर देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा गराए,’ उनले भने, ‘स्वार्थका पछाडि नकुद्ने व्यक्तिले सोच्यो भने मन थाम्न नसक्नेगरी वर्वादीतर्फ देश जाँदैछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय