सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार चुनाव अघिनै ढल्ने सक्ने सम्भावना देखिएको छ ।

 

 

 

देशको राजनिती नयाँ कोर्षमा जान लागेको चर्चा सुरु भएको छ ।देउवा सरकारले केहि दिन भित्र प्रतिनिधीसभाको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला यो सरकारनै विस्थापित गरेर अर्को सरकार बनाएर चुनावमा जानु पर्ने आवाज पनि उठ्न थालेको छ ।

 

 

 

संघिय निर्वाचनका लागी राष्ट्रिय सरकारको बहस फेरी सतहमा आएको छ।नेकपा एमालेकी सचिव पद्मा अर्यालले यो सरकार जती सक्दो छिटो विस्थापित गरेर राष्ट्रिय सरकार बनाएर चुनावमा जानु पर्ने बताएकी छिन् । उनले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँनु पर्ने बताएकी छिन् ।

 

 

। सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारले चुनाव गराउँन नहुने भन्दै विश्वसनिय वातावरणमा चुनाव सम्पन्न गराउँनका लागी एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँनु पर्ने माग उनले गरेकी छिन् । अर्याल मात्रै होइन एमालेका धेरै नेताहरुले यहि आवाज उठाउँन थालेका छन् ।

 

 

 

एमालेका नेताहरुले मात्रै होइन फरक पार्टी र अन्य नागरिक समाजका कतिपय व्यक्तिहरुले पनि यो कुरा उठाउँन थालेका छन् ।नेकपा मालेका महासचिव सिपी मैनालीले पनि देउवाको नेतृत्वको परमादेशबाट बनेको सरकार तत्काल ढाल्नु पर्ने बताएका छन् । चुनाव अघिनै देउवाको सरकार ढालेर अर्को सरकार बनाएर मात्रै चुनावमा जानु पर्ने मत मैनालीको रहेको छ ।

 

 

 

देउवाको नेतृत्वमा चुनावमा जाँदा व्यापक धाँधलीको सम्भावना रहेको पनी मैनालीले बताएका छन् । व्यापक धाँधीली गरेर राज्यको शक्ति र स्रोतको दुरुपयोग गरेर काग्रेसको एकल बहुमतको सरकार बनाउँने गरी काग्रेसले चुनाव गराउँने भन्दै मैनालीले त्यो कुरा रोक्न भए पनि तत्काल देउवा सरकार ढाल्नु पर्ने बताएका छन् ।

 

 

देउवाकै नेतृत्वमा चुनाव गराउँने भएमा काग्रेसको एकल बहुमत आउँने सम्भावना धेरै भएको भन्दै मैनालीले एसपीपी पास गराउँनका लागी भए पनि काग्रेसलाई बहुमत दिएर देउवालाई प्रधानमन्त्री बनाउँने डिजाइनमा अमेरिका रहेको उनले भनेका छन् ।देउवाको सरकार हटाएर सबैभन्दा ठूलो दलको हिसाबले केपी ओलीलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जानु पर्ने प्रस्ताव उनले अघि सारेका छन् ।

 

 

मैनालीले काग्रेसलाई बेहुलो बनाएर हिड्ने हो भने प्रचण्ड र मधव नेपालले पनि दुख पाउँने जिकिर गरेका छन् ।बाम एकतानै आजको आवश्यकता र अपरिहार्यता रहेको भन्दै मैनालीले बृहत बाम एकताका लागी सबै दल लाग्नु पर्ने बताएका छन् ।

 

 

 

सत्ता र प्रतिपक्षी सबैतिर भएका बाम पार्टीहरु एक भएर जानुु पर्ने उनले बताएका छन् । एसपीपी रोक्नका लागी भए बाम पार्टी मिल्नै पर्ने उनले भनेका छन् ।यता एमालेका युवा नेता आरसी न्यौपानेले पनि देउवा सरकार ढाल्नुनै अहिलेको एक मात्रै बिकल्प भएको बताएका छन् ।

 

 

देउवा प्रधानमन्त्री भए सम्म एसपीपी पास हुने जोखिम कायम रहेको भन्दै न्यौपानेले देउवा सरकारलाई जरै देखी उखलेर फाल्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय