राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा जाँदा आफ्नो पार्टीले राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको मुद्दा लिएर चुनावमा जाने बताएका छन् । त्यस्तै, संघीयता खारेजीको पनि एजेण्डा जोडदार रुपमा उठाउने उनको भनाई छ ।

 

उनले भने,‘भ्रष्टाचारको विरुद्ध सशक्त भएर लागेका छौं । सुशासनको मुद्दा उठाउँछौं । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासको योजना लिएर हामी जनताको बीचमा जान्छौं । नेपालको राजनीतिमा भ्रष्टाचारको विरुद्धमा कुनै पार्टी औपचारिक रुपमा छ भने त्यो राप्रपा मात्रै छ ।’

 

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेका दलविरुद्ध जनताले मत प्रयोग गर्ने विश्वास दिलाए ।

 

उनले चुनावको कुरा हुँदा सबभन्दा ठूलो शक्ति भनेको जनता र मतदाता नै भएकोले राप्रपालाई पनि जनताले विश्वास गर्ने बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी कसैको पछि नलाग्ने सुनाए । तर, चुनावमा सहकार्यको सम्भावना रहेको उनको भनाई छ ।

 

उनले भने,‘अहिले नै हामीले यही दलसँग चुनावी तालमेल गर्ने भन्ने कुरा रहँदैन् । हामी यो विषयमा ठोस रुपमा प्रवेश गरेका छैनौं । एमालेसँग चुनावी तालमेल वा सहकार्यको बारेमा सम्भावना छ ।’ उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सहकार्य एक अर्काको लागि आवश्यकत्ता भएको सुनाए ।

 

उनले भने,‘हामी आँफैलाई चुनाव जित्नको लागि त होईन, तर राष्ट्रिय राजनीतिलाई दिशा दिनको लागि त्यस्तो परिस्थिति बन्न सक्छ, उहाँको लागि म आवश्यक र उहाँको लागि म आवश्यक हुन सक्छ ।’ उनले सबै दल एक्लाएक्लै चुनाव गए राम्रो हुने थियो भन्ने धारणा राखे ।

 

गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

 

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ? भन्नु भएको छ ।’

 

नक्कली एम अधिकारी खडा गर्ने एमालेको प्रयास ! – एम अधिकारी बन्न सहमत भएका मनोज सम्पर्कबिहीन

अर्थ तथा योजना विभाग सदस्यको सूचीमा गभर्नर महाप्रसाद अधिकारी नरहेको वक्तव्य निकालेको नेकपा एमालेको नक्कली एम अधिकारी खडा गर्न खोजेको पाइएको छ ।

 

एमालेले विराटनगरका एक जना चाटर्ड एकाउन्टेन्टलाई एम अधिकारी बनाएर सार्वजनिक गर्ने प्रयास गरेको पाइएको छ । सुरूमा एम अधिकारी बन्ने प्रस्तावमा सहमत भएका उनी अहिले सम्पर्कबिहीन भएका छन् ।

 

एमालेले हालै जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै चर्को विरोध भइरहेको छ । यही कारण अधिकारीमाथि राजीनामाको दबाव बढेपछि एमालेले बिहीबार विज्ञप्ति निकालेर उनी गभर्नर नभएको दाबी गरेको छ । तर, एम अधिकारी को हुन् भन्ने बताएको छैन ।भित्रभित्र भने एम अधिकारीका नाममा विराटनगरका चाटर्ड एकाउन्ट मनोज अधिकारीलाई उभ्याउन खोजेको पाइएको छ ।

 

अधिकारी स्वयंमले बिहीबार दिउँसो निकट साथीभाइसँग एमालेले एम अधिकारी बन्न प्रस्ताव गरेको बताएका थिए । ‘दिउँसो कुरा हुँदा एम अधिकारी बन्न प्रस्ताव आएको सुनाउनु भएको थियो,’ उनका एक सहकर्मीले भने, ‘तनाव छ भन्दै हुनुहुन्थ्यो, त्यसपछि फोन अफ गर्नुभयो ।’उनी अहिले सम्पर्कबिहीन छन् ।

 

नेकपा एमाले प्रदेश १ का नेताहरुका अनुसार उनी केही महिना अघि मात्रै पार्टी प्रवेश गरेका थिए । एमालेको बिराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाका अनुसार स्थानीय तह निर्वाचन अघि पार्टी कार्यालयमा आयोजित वृहत पार्टी प्रवेश कार्याक्रममा सिए अधिकारी पनि एमालेमा प्रवेश गरेका थिए ।

 

 

उनी भर्खर चाटर्ड एकाउन्टेन्टहरुको संस्था ‘चाटर्ड एकाउन्टेन्ट संघ’को प्रदेश १ को अध्यक्ष बनेका हुन् ।एमाले केन्द्रीय सदस्य विनोद ढकालले भने अधिकारी विगतदेखि नै पार्टी निकट रहेको बताए । तर, एमाले मोरङका सचिव रुपेश खतिवडाले सिए मनोज अधिकारीलाई आफूले नचिन्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय