काठमाडौँ ;

 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउने तर उखान टुक्का सुनाएर जनता हँसाउन नजानेको बताएकी छन् ।

 

 

नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा केन्द्रीय सदस्य देउवाले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताएकी हुन् ।

 

यसका लागि कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने उनको भनाइ थियो । उनले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउँदै अब पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताएकी हुन् ।

 

‘हरेक समयमा देश समस्यामा हुँदा त कांग्रेसको सरकारले समस्या समाधान गरेर जनताको हित गर्दै आएको छ भने आफ्नो आन्तरिक समस्यालाई पनि समाधान गर्न आवश्यक छ,’ उनले भनिन् ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि टिप्पणी गर्दै उनले उखानले देश होइन, कमेडी च्याम्पियन चल्ने बताइन् । ‘उखान टुक्का सुन्न टेलिभिजनमा कमेडी च्याम्पियन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, उनले भनिन् ‘उखान टुक्का सुनाउँदै हिँड्ने कांग्रेस होइन, कांग्रेस हरेक अप्ठ्यारो परिस्थितिमा देशलाई बचाएको छ ।’

 

यो पनि हेर्नुहोस गठबन्धनका नेताहरू मिलेर राजस्व र करमा घोटाला गरे आशंका छ – सांसद सिलवाल

 

काठमाडौँ – नेकपा एमालेका सांसद नवराज सिलवालले सत्ता गठबन्धनको सरकार बनेदेखि राजनीतिमा नैतिकताको ठूलो खडेरी परेको बताएका छन् । प्रधानमन्त्री र सत्ता गठबन्धन दलका नेताहरू मिलेर राजस्व र करमा घोटाला गरेको हो कि भन्ने शंका उब्जिएको बताएका छन् ।

 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले अर्थमन्त्री जनार्दन शर्माले राजस्व र करमा गरेको घोटालाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत व्यापक आलोचना हुँदा प्रधानमन्त्री आँखा चिम्लिएर बसेको बताएका हुन् ।

 

केही दिन यता अर्थमन्त्री शर्मा पनि रिल्याक्स मुडमा देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलका नेताहरूकै मिलेमतोमा कर र राजस्वमा घोटाला गरेको त होइन रु भन्दै प्रश्न गरे । ‘अर्थमन्त्रीले घोटाला गरेको विषयमा सदनदेखि अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रश्नहरू उठेका छन् ।

 

आलोचना भइरहेको छ, तर प्रधानमन्त्री मौन किन रु सदनमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनु पर्दैन रु,’ उनले भने, ‘केही दिनदेखि अर्थमन्त्री पनि रिल्याक्स मुडमा देखिनुहुन्छ, कतै प्रधानमन्त्री र सत्ता गठबन्धन दलका नेताहरूबीच कै मिलेमतोमा घोटाला गर्नुभएको त होइन रु’

 

जनार्दन शर्मा नै अर्थमन्त्री चाहिने हो भने नैतिकताका आधारमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने सांसद सिलवालको भनाई छ । उनले अर्थमन्त्री शर्माले कर र राजस्वमा घोटाला गरेको विषय अन्तराष्ट्रिय मिडियामा समेत आइसकेको भन्दै उनले यसलाई ख्याल ख्यालको रूपमा लिन नहुने बताए ।

 

‘अर्थमन्त्रीले घोटाला गरेको विषय न्युओर्क टाइम्सलगायत विभिन्न अन्तराष्ट्रिय मिडियाले छापिसके । पर्सि प्रधानमन्त्री ज्यू अमेरिका भ्रमणमा जाँदैुहुनुहुन्छ, घोटाला गर्ने अर्थमन्त्री किन नहटाएको भनेर अमेरिकी पत्रकारहरूले सोध्यो भने के जवाफ दिनुहुन्छ, कि भाग्नुहुन्छ रु,’ उनले प्रश्न गर्दै भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय